मंसिरको अन्तिम साताबाट फ्लोरमा गएको ‘कर्मा’ले दाङ आसपासका विभिन्न स्थानमा करिब ४६ दिन र काठमाडौंमा १२ दिन लगाएर आफ्नो छायांकन सकेको हो ।
‘कर्मा’ चैत्र २९ गतेबाट नेपालसहित संसारभर एकसाथ प्रदर्शन हुनेछ ।
ओभरसिज मार्केटमा सेभेन सिज सिनेमाले चलचित्र रिलिज गर्ने लागेको हो ।
‘कर्मा’को फर्स्टलुक पोस्टर फागुन १ गते सार्वजनिक भएको थियो । निर्माणपक्षले चलचित्रका मुख्य कलाकारलाई फिचर्ड गर्दै दुईवटा पोस्टर सार्वजनिक गरेको थियो । जसमा विपीन कार्की फिचर्ड थिए ।
सार्वजनिक पोस्टरले दर्शकमाझ उत्सुकता बढाएको छ । सेभेन सिज सिनेमाले पोस्टर रिलिज भएसँगै ओभरसिज माकेर्टमा पनि दर्शकमा ‘कर्मा’प्रति चासो रहेको बताएको छ ।
एक्सन जनरामा यो चलचित्र निर्माण भएको छ । ‘कर्मा’लाई विपीनको यो पहिलो एक्सन सिनेमा हो । जसले दर्शकमा अझै कौतुहलता बढाएको छ ।
‘कर्मा’मा विपीनसँगै उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिव्यदेवलगायत कलाकारको अभिनय रहेको छ ।
मुकुन यो चलचित्रमा नेगेटिभ क्यारेक्टरमा छन् । एक्सन ड्रामा जनरामा निर्माण भएको सिनेमाको कथा निर्देशक चौधरी स्वयंले लेखेका हुन् ।
आर्टिस्टिक इन्टरटेनमेन्टको प्रस्तुति रहको ‘कर्मा’मा वसन्त लम्सालको लगानी रहेको छ ।