
गत वर्षको सुपरहिट दयारानी सिनेमालाई ओटीटी प्लेटफर्म सिनेमाघर एपमा रिलिज गरिएको छ।
शुक्रबार, भ्यालेनटाइन डेको अवसरमा यसलाई ओटीटीमा रिलिज गरिएको हो।सिनेमा हेर्न एपमा दर्शकले २ सय रुपैयाँ शुल्क तिर्नुपर्नेछ।
माओत्से गुरुङ दयारानीका लेखक तथा निर्देशक हुन्।
सिनेमामा दयाहाङ राई, दीया पुन, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घले, नयन गुरुङ, शिर्षा कँुवर, र विजय बराल मुख्य भूमिकामा छन्। सिनेमाले एक दम्पतीको बाँझोपनसँगको संघर्षलाई मार्मिक तरिकामा प्रस्तुत गरेको छ। सिनेमाले घरेलु बक्स अफिसमा २ करोड ५० लाख भन्दा बढीको व्यापार गरेको थियो।
यसअघि सिनेमाघर एपमा कबड्डी ४, जारी, महापुरुष, छक्का पञ्जा ४, एक भगवत् गीता, उपहार, झिँगेदाउ, डिग्री माइला, घरज्वाइँ, पशुपति प्रसाद २ – भष्मे डन, प्रेमगीत ३, पानीफोटो, र चिसो मान्छे जस्ता सिनेमाहरू रिलिज भइसकेका छन्। चाँडै एपमा यस वर्षको सुपरहिट फिल्म बोक्सीको घर पनि रिलिज हुँदैछ।
पछिल्लो समय सिनेमाघर एपप्रति दर्शकको आकर्षण बढेको छ।
वेब ब्राउजरसहित एन्ड्रोइड र आइओएस मोबाइल, स्मार्ट टिभीमा उपलब्ध सिनेमाघर एपमा सिनेमा हेर्न चाहने दर्शकले भुक्तानीका लागि संसारभरका मास्टर कार्ड र भिसा कार्ड प्रयोग गर्न सक्नेछन् भने नेपाल र भारतबाट डिजिटल वालेट र क्युआर कोडको प्रयोग गर्न सकिन्छ।