‘११:५५’ (डू नट ट्रस्ट एनिवान)को सस्पेन्स थ्रिलर टिजर रिलिज, चैत ८ मा हुँदैछ रिलिज

0 Shares

अगामी चैत्र ८ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘११:५५’ (डू नट ट्रस्ट एनिवान) ले सस्पेन्स थ्रिलर टिजर रिलिज गरेको छ ।

आइतबार सार्वजनिक भएको १ मिनेट ३४ सेकेण्ड लामो टिजरले मानिसहरु आफ्नो स्वार्थका लागि जे पनि गर्नसक्ने प्रवृत्तिलाई सिनेमाले कथा मार्फत प्रस्तुत गर्ने देखाएको छ । सार्वजनिक टिजरमा सिनेमाका मुख्य कलाकारहरुलाई रक्तिम अवतारमा प्रस्तुत गरिएको छ ।

टिजरमा सिनेमाका ५ मुख्य कलाकारहरूलाई प्राथमिक्तामा दिइएको छ ।

टिजरमा अटाइएका सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिष्मा श्रेष्ठ, एमएस अग्रज र डेब्यू अभिनेता सागर खनालका चरित्रले सिनेमाले शहरीया परिवेशमा धोका जालझेल र आफ्नो स्वास्थपुर्तिका लागि जस्तोसुकै कदम चाल्नसक्ने प्रवृति यी पात्रहरुमा रहेको संकेत गरेको छ ।

यसर्थ यस सिनेमाले विशेषगरी युवा दर्शकलाई आकर्षित गर्ने अनुमान गर्न सकिन्छ ।

क्राइम थ्रिलर जनरामा बनेको यो फिल्मका लेखक र निर्देशक केशव पाण्डेले हुन्।

यो उनको डेब्यू निर्देशन सिनेमा हो। फिल्ममा केशव पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीको लेखन रहेको छ।

अल्मोडा राना उप्रेतीको संगीत, कबिराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्वन्द्व निर्देशन, राजेन्द्र मोक्तानको कलर, शैलेश श्रेष्ठको साउण्ड डिजाइन र मिक्सिङ रहेको सिनेमामा प्रद्युमन मिश्रको डिओपी, रामशरण उप्रेतीको सिनेमाटोग्राफी, पासाङ दावा शेर्पाको सम्पादन रहेको छ ।

यस्तै सुवास राज काफ्ले प्रोडक्सन डिजाइनरको रूपमा सिनेमामा रहेका छन्।

विचित्र फिल्म्स र गुड जब आर्ट्सको ब्यानरमा निर्माण भएको फिल्ममा श्याम शर्मा र सरोजा शर्माको लगानी छ। फिल्ममा अभिनेता बुद्धि तामाङ र विशाल पहारीको पनि अभिनय दर्शकहरूले हेर्न पाउनेछन्। फिल्मका कार्यकारी निर्माता एमएस अग्रज हुन्।

फिल्मलाई कुवेर सिने डिस्ट्रीब्युसन प्रालिले वितरण गर्नेछ।

सम्बन्धित समाचार

सबै