‘नोभेम्बर मिस्टर एन्ड मिस नेसनल नेपाल’ को अडिसन सुरु

0 Shares

नोभेम्बर क्लोथिङ मिस्टर एन्ड मिस नेसनल नेपाल २०२५ को अडिसन सुरू भएको छ। शनिबार काठमाडौंस्थित होटल मण्डला नर्लिङमा फिजिकल अडिसन प्रारम्भ गरिएको हो।

शनिबारको अडिसनमा नेपाल आएकी मिस ग्लोब डायना मोरेनो जजको भूमिकामा देखिइन्। अन्य जजहरूमा फ्रेन्की बोजो, सन्तोष उपाध्याय, पूर्व मिस ग्लोब नेपाल रोशनी चन्द्र, र पूर्व मिस्टर इन्टरनेशनल मानस राई रहेका छन्।

अडिसन सुरू गर्नुअघि आयोजित प्रेस मिटमा यस वर्षको प्रतियोगिताबारे जानकारी दिइयो। फागुन ३ गते काठमाडौंबाट सुरू भएको अडिसन सातै प्रदेशमा आयोजना हुनेछ।

फेब्रुअरी २४ बाट उपत्यकाबाहिर झापा, इटहरी, वीरगञ्ज, चितवन, पोखरा, बुटवल, नेपालगञ्ज र धनगढीमा अडिसन हुनेछ। प्रतियोगिताको आधिकारिक समयतालिका केही दिनमा सार्वजनिक गरिनेछ।

सुनुर्वी इन्टरनेसनलका सञ्चालक तथा प्रतियोगिताका नेसनल डाइरेक्टर डा. सन्तोष उपाध्यायका अनुसार १८ देखि ३२ वर्ष उमेरका महिला र १८ देखि ३४ वर्षसम्मका पुरुषले अडिसन दिन सक्नेछन्। यो प्रतियोगिताको चौथो संस्करण अन्तर्राष्ट्रिय विजेताहरूलाई जजको रूपमा समावेश गर्न सफल भएको उनले बताए।

नेपालमा आयोजना हुने सौन्दर्य प्रतियोगितामध्ये ग्रान्ड फिनालेमा अन्तर्राष्ट्रिय विजेताहरूलाई जजको रूपमा समावेश गर्ने पहिलो प्रतियोगिता भएको आयोजकको दाबी छ।

पहिलो पटक नेपाल आएकी मिस ग्लोब डायना मोरेनोले नेपाल बसाइ रमाइलो भइरहेको बताउँदै जज बन्न पाउँदा उत्साहित भएको बताइन्।

यस प्रतियोगिताले वर्ल्ड युथ फेस्टिभलसँग सहकार्य गर्दै काभ्रेपालाञ्चोकमा अन्तर्राष्ट्रिय स्तरको फेसन रनवे शो आयोजना गर्नेछ, जसले जलवायु परिवर्तनसम्बन्धी जनचेतना जगाउने लक्ष्य राखेको छ।

मिस्टर एन्ड मिस नेसनल नेपाल अन्तर्गत ६ वटा अन्तर्राष्ट्रिय फ्रेन्चाइजहरू समावेश छन्:

मिस सुप्रानेसनल
मिस ग्लोब नेपाल
मिस्टर सुप्रानेसनल
मिस इन्टरकन्टिनेन्टल
मिस्टर इन्टरनेसनल
मिस्टर टुरिजम वर्ल्ड
आयोजकको दाबीअनुसार, यो नेपालकै सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिता हो।

सम्बन्धित समाचार

सबै