‘द्रौपदी’ ले घोषणा गर्यो टिकटक प्रतियोगिता – पाइनेछ अभिनय गर्ने र नगद जित्ने मौका!

0 Shares

ऋषिराज आचार्य लिखित, निर्मित र निर्देशित फिल्म ‘द्रौपदी’ ले टिकटक भिडियो प्रतियोगिता घोषणा गरेको छ। हालै सार्वजनिक भएको रवि ओड र इन्द्रकला राईको स्वरमा रहेको गीत ‘कर्णाली काटौला’ अहिले चर्चामा छ, र यही गीतमा टिकटक बनाउने प्रतिस्पर्धा आयोजना गरिएको हो।

प्रतियोगितामा कसरी भाग लिने?

कर्णाली काटौला गीतमा टिकटक भिडियो बनाउनुहोस्।

#द्रौपदी #चैत८ ह्यासट्याग राखी टिकटक मा पोस्ट गर्नुहोस्।

फागुन २० (मार्च ४, २०२५) भित्र भिडियो पोस्ट गरिसक्नुहोस्।

नतिजा ‘द्रौपदी’ फिल्मको आधिकारिक पेज तथा विभिन्न मिडियामा प्रकाशित गरिनेछ।

पुरस्कार र अवसरहरू

उत्कृष्ट ५ टि्कटक स्रष्टा लाई RB Movies ले निर्माण गर्ने नयाँ फिल्ममा अभिनय गर्ने अवसर दिइनेछ।

पहिलो स्थान प्राप्त गर्ने लाई रु १५,०००,

दोस्रो स्थान प्राप्त गर्ने लाई रु १०,०००,

तेस्रो स्थान प्राप्त गर्ने लाई रु ५,००० नगद पुरस्कार प्रदान गरिनेछ।

१०० जना प्रतिस्पर्धी लाई ‘द्रौपदी’ फिल्मको प्रीमियर शो मा सहभागी गराइनेछ।

ऋषिराज आचार्य, आश्विनी शाही, रवि ओड, सुजाता तिमिल्सिना, प्रकाश ज्ञवाली, कविराम भाम लगायतका कलाकारको मुख्य भूमिका रहेको ‘द्रौपदी’ फिल्म पश्चिम नेपालको डोल्पा जिल्ला, से-फोक्सुन्डो लगायतका दुर्गम स्थानहरूमा छायांकन गरिएको छ। निर्माण थालनीदेखि नै चर्चामा रहेको यस फिल्मको हालै सार्वजनिक टिजर र गीत दर्शकको मन जित्दैछ।

सम्बन्धित समाचार

सबै