निर्मला घिमिरे ‘निरु’को नयाँ गीत ‘तिमी आँखा म नानी’ रिलिज

0 Shares

 

निर्मला घिमिरे ‘निरु’को स्वरमा ‘तिमी आँखा म नानी’ बोलको गीत रिलिज भएको हो।

सार्वजनिक गीतमा डाक्टर किराँतको संगीतमा तयार भएको भने शब्द रचना शुभ मुकारूङले गरेका हुन् ।

सार्वजनिक गीतले महिला तथा पुरुषलाई आँखा तथा नानीसँग तुलना गर्दै दुबै जना एकअर्काको परिपूरक रहेको भाव व्यक्त गर्दछ ।

सागर संसारले संगीत संयोजन,  मिक्सिङ तथा मास्टरिङ गरेको गीतको भिडियो बाबुराम निरौलाको निर्देशनमा तयार पारिएको हो ।

भिडियोमा झरना रिसाल तथा रमेश चन्दको अभिनय रहेको छ ।

शिव ढकालको छायाँकन गरेको भिडियोलाई राम प्रदास चौधरीले संपादन गरेका हुन् ।

रङ्ग एन पौडेल तथा निर्मला घिमिरे निर्माता रहेको भिडियोमा रुमेश कटवाल कार्यकारी निर्माता रहेका छन् ।

सम्बन्धित समाचार

सबै