हाउस अफ फेसनद्वारा आयोजित ‘सगून ज्वेलर्स प्रजेन्ट्स मिसेस भोग नेपाल २०२५’ को दोस्रो संस्करणमा सुमी मल्लले उपाधि जितेकी छिन्। बुधवार राति बौद्धस्थित बौद्ध हेरिटेजमा आयोजित प्रतियोगितामा मल्लले ‘मिसेस भोग नेपाल २०२५ ब्राण्ड एम्बासडर’ को उपाधि जितेकी हुन्। यसै क्रममा रुथ सिवाकोटीले ‘कमर्सियल एम्बासडर’ को उपाधि जित्न सफल भइन्।
ग्राण्ड फिनालेको टप फाइभमा सुमी मल्ल, रुथ सिवाकोटी, सञ्जु श्रेष्ठ, प्रिया खड्गी र स्वेता बज्राचार्यबीच कडा प्रतिस्पर्धा भएको थियो। सार्वजनिक नतिजाअनुसार सञ्जु श्रेष्ठले पहिलो रनर-अप, प्रिया खड्गीले दोस्रो रनर-अप र स्वेता बज्राचार्यले तेस्रो रनर-अपको उपाधि जिते।
यो भव्य र रोमाञ्चक प्रतियोगितामा १७ जना विवाहित महिलाले समाजका विभिन्न क्षेत्रलाई प्रतिनिधित्व गर्दै भाग लिएका थिए। यी प्रतिस्पर्धिहरुले विभिन्न क्षेत्रमा स्थापित आफ्नो परिचयसँगै उत्कृष्ट प्रस्तुति दिएका थिए।
लगभग दुई महिना लामो कठोर प्रशिक्षणपछि प्रतियोगीहरु ग्राण्ड फिनालेमा प्रस्तुत भएका थिए। प्रतियोगिताको पहिलो चरणमा जर्नी भिडियो प्रस्तुत गरिएको थियो जसमा प्रतिस्पर्धिहरुको यात्रा र मिसेस भोग नेपालका विभिन्न अभियानहरु समेटिएका थिए।
प्रतियोगिताको पहिलो सिक्वेन्स ‘कल्चरल राउण्ड’ मा प्रतिस्पर्धिहरुले विभिन्न सांस्कृतिक पहिरनमा प्रस्तुत भइ आफ्नो परिचय दिएका थिए। त्यसपछि ‘मुकु सिक्वेन्स’ र ‘इनोरा सिक्वेन्स’मा प्रतिस्पर्धिहरुले विभिन्न हाउभाउमा आफ्नो प्रस्तुति दिएका थिए।
राहुल श्रेष्ठको गायनमार्फत अघि बढेको प्रतियोगिताको चौथो सिक्वेन्स ‘लेट्स ड्रेस यूकेटीएम’ मा सबै प्रतिस्पर्धिहरुले आकर्षक पहिरनहरु प्रस्तुत गरेका थिए। ‘आर्जु क्लोथिङ सिक्वेन्स’ मा पनि प्रतिस्पर्धिहरुले उक्त ब्राण्डका पहिरनहरु प्रदर्शन गरे। ‘प्रिटी वुमन सिक्वेन्स’ मा प्रतिस्पर्धिहरु स्टाइलिस शैलीमा प्रस्तुत भए।
त्यसपछि, फिल्म ‘मायाबी’ का अभिनेता समिम खान, अभिनेत्री दीपिका प्रसाई र निर्माता ध्रुव न्यौपाने स्टेजमा प्रस्तुत भए र फिल्मको गीत र ट्रेलर प्रदर्शन गर्दै उपस्थित दर्शकलाई फिल्मको बारेमा जानकारी गराए।
त्यसपछि, हाउस अफ फेसन मोडल रनवे अन्तर्गत कोरियन ब्यूटी प्वान्टका उत्पादनहरु प्रदर्शन गरियो। त्यसपछिको ‘पाम्पाज कटियर सिक्वेन्स’ मा सबै प्रतिस्पर्धिहरु आकर्षक रनवेमा सहभागी भए। अन्ततः उत्कृष्ट १०, ७ हुँदै निर्णायक चरणको लागि उत्कृष्ट ५ प्रतिस्पर्धिहरुको घोषणा गरियो। उत्कृष्ट ५ बीचको अन्तिम प्रतिस्पर्धापछि विजेताको घोषणा गरियो।
‘मिसेस भोग नेपाल २०२५’ का प्रतिस्पर्धिहरुमा सुमी मल्ल, सरिता डंगोल, रुथ सिवाकोटी, रेनु सुर्खेती, मोनिका नापित, इन्दिरा बस्नेत, जयत्री तामाङ, रञ्जना बम, ज्योती कार्की, अर्चना चौधरी, कोरोना घिमिरे रञ्जित, प्रिया खड्गी, शर्मिला गिरी, बिनिसा थापा, स्वेता बज्राचार्य, सीमा भूर्तेल र सञ्जु श्रेष्ठले भाग लिएका थिए।
आयोजक संस्था हाउस अफ फेसनकी संस्थापक ओशिमा बानु, सिइओ सञ्जिव तुलाधर, प्रवन्ध निर्देशक वासिम मलिक तथा हाउस अफ फेसन नेल्स स्टुडियो एण्ड बाइट्सका प्रवन्ध निर्देशक निग्मा जिमी शेर्पाले ‘मिसेस भोग नेपाल २०२५’ को ग्राण्ड फिनाले भव्य, सभ्य तथा निष्पक्ष रुपमा सम्पन्न भएको प्रतिक्रिया दिएका छन्।
