
भोलि शनिबारबाट छायांकन सुरु हुन लागेको फिल्म ‘कल्ली’ का लागि नायक उत्तम प्रधान भारतबाट नेपाल आइपुगेका छन्। फिल्मका प्रस्तुतकर्ता किरण नेपालीले विमानस्थलमा उत्तमको स्वागत गरे।
फिल्ममा उत्तम प्रधानको मुख्य भूमिका रहेको छ। उनी ३५ दिनसम्म नेपालमा रहनेछन्। प्रस्तुतकर्ता नेपालीका अनुसार, फिल्मको छायांकन अवधिभर उत्तम नेपालमा नै रहनेछन्।
लेकाली इन्टरटेन्मेन्ट र कस्तुरी प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको यो फिल्मको छायांकन भोलिबाट काठमाडौंमा सुरु हुनेछ। फिल्ममा लक्ष्मण सुनारको कथा र निर्देशन रहेको छ। हिमाल कडरीया र अमला देबी राई फिल्मका निर्माता हुन्। महेश दवाडीले लेखेको यो फिल्ममा सरोज नेपाली कार्यकारी निर्माताको रुपमा कार्यरत छन्।
फिल्ममा उत्तम प्रधान, सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, नाजिर हुसेन, वर्षा राउत, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, गीता अधिकारी, कुलदिप अधिकारी, बेगम नेपाली लगायतका कलाकारहरूको अभिनय रहेको छ।
निसाल पौडेलको छायांकन रहेको यस फिल्मका प्रमुख निर्माता सुरज आचार्य हुन्। उत्तम प्रधान एक दशक भन्दा लामो समयपछि नेपाली फिल्ममा फर्किन लागेका हुन्। यस बीचमा उनले नायिका निरुता सिंहसँग एक म्युजिक भिडियोमा काम गरेका थिए।