0
Shares
अभिनेता दीलिप रायमाझीलाई पितृ शोक परेको छ ।
दीलिपका पिता आनन्द कुमार रायमाझीको ७८ वर्षको उमेरमा कीर्तिपुर अस्पतालमा गएराति निधन भएको हो ।
दिवंगत रायमाझी लामो समयदेखि विभिन्न स्वास्थ्य समस्याबाट पीडित थिए ।
पिताको अवस्था चिन्ताजनक भएपछि ‘मेरो डान्स युनिभर्सको अडिसन’को सिलसिलामा अमेरिका रहेका अभिनेता रायमाझी अमेरिकाबाट जापान , थाइल्याण्ड र भारत हुँदै हिजो राति ११ बजे नै काठमाण्डौँ आइपुगेका थिए।
पारिवारिक श्रोतका अनुसार दिवंगत रायमाझीको पशुपति आर्यघाटमा दाहसंस्कार गरिदैछ ।