‘पूर्ण बहादुरको सारङ्गी’ निर्देशकको ‘कोशेढुंगा’ले शुभमुहूर्तसँगै सुरु गर्‍यो छायांकन

0 Shares

चलचित्र ‘कोशेढुंगा’को शुभमुहूर्त गरिएको छ। हिस्टोरिकल ब्लकबस्टर चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’का प्रसिद्ध निर्देशक सरोज पौडेलले निर्देशन गर्ने चलचित्रको आज शुभमुहूर्त गरिएको हो।

निर्देशक, निर्माता, कलाकार र प्राविधिकको उपस्थितिमा मुहूर्त गरिएको हो। च्यासलस्थित सेटमा मुहूर्त सटसँगै चलचित्रको छायांकन आजैबाट सुरु भएको निर्देशक पौडेलले जानकारी दिए।

करिब एक हप्ता काठमाडौंमा छायांकन गरेपछि निर्माण युनिट बाँकी सिनेमाको सुटिङका लागि स्याङ्जा जानेछ।

चलचित्रमा सुरक्षा पन्त, आर्यन सिक्देल, सरोज खनाल, विशाल पहाडी, शेखर चापागाईं, सिरु विष्ट, उद्वव सापकोटा, सन्ध्या राना, सविता रेग्मी, सविन कट्टेल, विकास खनाललगायत कलाकारको अभिनय रहनेछ।

यो चलचित्रमा लिड रोलमा सुरक्षा पन्त रहनेछिन्। महिलाप्रधान चलचित्र रहेको बताइएको छ।

नरदेवी फिल्म्सको प्रस्तुति रहेको चलचित्रमा प्रेविल कँडेल र किशोर अनुरागको निर्माण रहेको छ। कार्यकारी निर्मातामा दिनेश खड्का रहनेछन्।

बाबु श्रेष्ठको डीओपी रहने चलचित्रमा सुरेन्द्र पौडेलले सम्पादन गर्नेछन्। चलचित्रमा संगीत रिदम कँडेल र आषिश अविरलको रहनेछ। कास्टिङ डिरेक्टर सुवलमणि सापकोटा रहनेछन्।

‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशकले निर्देशन गर्ने भएकाले ‘कोशेढुंगा’ चलचित्र प्रतिक्षित हुनेछ। सरोजले निर्देशन गरेको ‘पूर्ण बहादुरको सारङ्गी’ले नेपालमा मात्रै करिब ५० करोड ग्रस कलेक्शन गरेको थियो। त्यसैले उनले निर्देशन गरेको यो चलचित्र कस्तो हुनेछ भन्ने धेरैका लागि प्रतिक्षाको विषय बनेको छ।

निर्माण पक्षका अनुसार यो चलचित्र २०८२ मा रिलिज हुनेछ।

सम्बन्धित समाचार

सबै