दया, खगेन्द्र, मिरुना र केकीलाई लिदैं अशोकले घोषणा गरे ‘डबल ट्रिपल’, फूलपातीमा रिलिज गर्ने

0 Shares

अशोक शर्माले आफ्नो निर्देशनमा बन्ने नयाँ सिनेमाको औपचारिक घोषणा गरेका छन्।

शर्माको आगामी निर्देशन रहने सिनेमाको नाम ‘डबल ट्रिपल’ राखिएको छ। शर्माले फेसबुकमा शीर्षक पोस्टर पोस्ट गर्दै सिनेमाको घोषणा गरेका हुन्।

सिनेमामा दयाहाङ राई, खगेन्द्र लामिछाने, मिरुना मगर, केकी अधिकारी, राजाराम पौडेल, उदय सुब्बा, विल्सन विक्रम राई, माओत्से गुरुङ, बुद्धि तामाङ, रामप्रसाद खनाल, तथा सुरविर पण्डितको अभिनय रहनेछ।
सिनेमाको कथा/पटकथा निर्देशक शर्माले राजेश सिटौलासँग मिलेर लेखेका हुन्।

सिनेमामा शम्भुजित बाँस्कोटाको संगीत, शान बस्न्यातको संवाद, आलोक शुक्लाको छायांकन, राजु किराँतीको एक्सन, तथा सुनिल क्षेत्रीको नृत्य निर्देशन रहनेछ।  नगेन्द्र घिमिरे सिनेमाका निर्माण नियन्त्रक हुन्।

यसैगरी, सिनेमाको निर्मातामा किरण शर्मा पौड्याल, किर्ति शर्मा तथा अंकित शर्मा रहेका छन्।

सिनेमासँगै निर्देशक शर्माले आफ्नो यो सिनेमाको रिलिज मिति समेत घोषणा गरेका छन्। घोषणा अनुसार, सिनेमा आगामी वर्षको फूलपातीमा रिलिज हुनेछ।

सिनेमा कमेडी जनरामा निर्माण हुने जानकारी निर्माण पक्षले दिएको छ।

सम्बन्धित समाचार

सबै