‘मायावी’ले कस्तो पाइरहेछ प्रतिक्रिया? यस्तो भन्छन् फिल्म हेर्नेहरु

0 Shares

आज बुधबारदेखि रिलिजमा आएको फिल्म ‘मायावी’ले बिहानैबाट दर्शकको साथ पाइरहेको छ । आज बिहानैबाट नायक पल शाह काठमाडौंका विभिन्न हलमा पुगिरहेका छन् ।

आज बिहान काठमाडौंको एफक्यूब हलमा पुगेका नायक पल शाहलाई दर्शकहरुले घेरे । फिल्म हेरेका अधिकांश दर्शकले कथावस्तु, प्रस्तुति र कलाकारहरुको अभिनयले मन छोएको बताए । कतिपय यूवतीहरुले फिल्म हेर्दा हेर्दै थुप्रै ठाउँमा भावुक भएको समेत सुनाए ।

माया गर्नेहरुका लागि यो फिल्म विशेष रहेको उनीहरुको तर्क छ । नायक पल शाहले दर्शकहरुले दिएको मायाले आफू अत्यन्तै उत्साहित रहेको बताए ।

उनले भने–‘बिहानैबाट दर्शकहरुको उत्साहजनक माया मिलेको छ । बिहानैबाट दर्शकहरुले दिनुभएको मायाले उत्साहित छु । एउटा मिठो लभ स्टोरी कथामा फिल्म बनेकाले दर्शकहरुले आगामी दिनमा अझै बढी साथ विश्वास लिएको छु ।’

यता, नायिका दीपिका प्रसाँई, कलाकारहरु सुशिल सिटौला, समिम खान, राजाराम पौडेल र अन्शु महर्जन पनि निकै खुशी देखिए । दर्शकहरुको साथले उत्साह थपिएको उनीहरुको भनाई छ ।

दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मले दर्शकको सुखद प्रतिक्रिया पाएकाले भोलिबाट अझै उत्साहजनक व्यापार गर्ने अपेक्षा गरिएको छ ।

फिल्मका निर्माता धु्रव न्यौपानेले दर्शकले फिल्म मन पराएपछि शोज पनि बढ्न थालेको बताए । राज कटुवाल र चन्द्र पन्तको पनि फिल्ममा लगानी छ ।

यसैबिच, नायक पल शाह महाशिवरात्रीको अवसर पारेर आज पशुपतिनाथ परिसर पुगेका छन् ।

पशुपतिनाथ परिसर पुगेर उनले दर्शन गरे । साथै, पशुपतिनाथ पुगेका दर्शकसँग उनले साक्षात्कार गरे ।

 

सम्बन्धित समाचार

सबै