५ लाख धरौटीमा रिहा भए कलाकार इकु उर्फ सुलेमान शंकर

0 Shares

कलाकार भिसामा विभिन्न देश पठाउने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका सुलेमान शंकर ‘इकु’ रिहा भएका छन्।

जिल्ला अदालत काठमाडौंले इकुलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको सूचना अधिकारी मेलिश बास्कोटाले जानकारी दिए।

उनका अनुसार असोज १४ गते बसेको न्यायाधीश खिमानन्‍द भुसालको इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले इकुलाई भदौ २६ गते पक्राउ गरेको थियो।

उनले कलाकार भिसामा विभिन्न व्यक्तिलाई युरोप लगायत ठाउँमा पठाइदिने भन्दै रकम लिएको र आश्वासन दिएर पनि नपठाएको आरोपमा सिआइबीले उनलाई पक्राउ गरेको थियो।

सम्बन्धित समाचार

सबै