आमाबाबु बन्दै कियारा आडवाणी र सिद्धार्थ मल्होत्रा

0 Shares

बलिउडका चर्चित जोडी कियारा आडवाणी र सिद्धार्थ मल्होत्रा आमाबाबु बन्ने भएका छन् ।

यो खबर आडवाणीले शुक्रबार आफ्नो इन्स्टाग्राममार्फत सानो बच्चाको मोजाको तस्वीर शेयर गर्दै घोषणा गरेकी हुन् ।

आडवाणीले लेखेकी छिन्, “हाम्रो जीवनको सबैभन्दा ठूलो उपहार। चाँडै आउँदैछ।”

यो खबर बाहिरिएपछि प्रशंसकहरू र कलाकारहरूले बधाई दिन थालेका छन्। अभिनेता ईशान खट्टरले “बधाई छ, दुवैलाई। सानो नानीलाई पनि शुभकामना। सुरक्षित यात्रा!” भनेर लेखे। अर्का प्रशंसकले लेखे, “उनीहरू उत्कृष्ट आमा-बुबा बन्नेछन्।”

सिद्धार्थ र कियाराले सन् २०२३ को फेब्रुअरीमा राजस्थानमा भव्य तर निजी विवाह गरेका थिए। उनीहरू सामाजिक सञ्जालमा आफ्नो व्यक्तिगत जीवनका झलकहरू साझा गरिरहन्छन्।

कामको कुरा गर्दा, दुबै कलाकारहरूका हातमा विभिन्न प्रोजेक्टहरू छन्। रिपोर्टअनुसार, कियारा र सिद्धार्थले म्याडक फिल्म्सको नयाँ प्रोजेक्टमा सँगै काम गर्न सक्ने सम्भावना छ। कियारा आडवाणी ‘वार २’ मा देखिनेछिन् भने ‘डन ३’ मा रणवीर सिंहसँग पनि स्क्रिन शेयर गर्दैछिन्।

त्यसैगरी, सिद्धार्थ मल्होत्राले अघिल्लो वर्ष ‘VVAN: Force of the Forest’ को घोषणा गरेका थिए।

सम्बन्धित समाचार

सबै