0
Shares
कलाकार तथा नेपाल चलचित्र कलाकार संघका पूर्व महासचिव चेत बहादुर सिंहको उपचारका क्रममा निधन भएको छ । उनको शुक्रबार साँझ उपचारका क्रममा निधन भएको हो ।
उपचारका क्रममा सिंहको काठमाडौंको टिचिङ अस्पतालमा निधन भएको हो । उनी केही समयदेखि अस्वस्थ थिए ।
पछिल्लो केही समयदेखि जण्डिसबाट पीडित उनी उपचारका लागि टिचिङमा भर्ना भएका थिए । सिहंको आज नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ।
फिल्म निर्माणसँगै दुई दर्जन बढी फिल्ममा समेत उनले काम गरेका छन् ।