प्रियंका, रेखा र रोहिणीले बाटिका क्रियसनको उद्घाटन

0 Shares

अभिनेत्री प्रियंका कार्की, गायिका रेखा शाह र लेखक एवम् नेपाली खाना विज्ञ रोहिणी राणाले काठमाडौँको थापागाउँमा रहेको बाटिका क्रियसन बुटिकको उद्घाटन गरेका छन्।

शनिबार अभिनेत्री प्रियंका, गायिका रेखा र नेपाली खाना विज्ञ रोहिणीले रिबन काटेर बुटिक उद्घाटन गरेका हुन्। यो बुटिक मिसेस् हिमालयन नेपाल तथा फेशन व्यवसायी गोमा अधिकारी धितालले स्थापना गरी सञ्चालन गर्दै आएकी हुन्।

अभिनेत्री प्रियंका कार्कीले आफूले चाहेको विभिन्न शैली र डिजाइनका पहिरन बाटिका क्रियसन बुटिकमा उपलब्ध भएकाले त्यसका पहिरन प्रयोग गर्ने बताइन्। सबै प्रकारका पहिरन एकै ठाउँबाट उपलब्ध गराउने उद्देश्यले स्थापित यस बुटिकको सफलताको लागि उनले गोमालाई शुभकामना दिइन्।

चलचित्र, म्युजिक भिडियोको छायांकन तथा विभिन्न समारोहमा अतिथिको रूपमा सहभागी हुन तुरुन्तै कपडा आवश्यक पर्ने भएकाले बाटिका क्रियसनबाट आफूलाई सहजै उपलब्ध हुने विश्वास पनि व्यक्त गरिन्।

त्यस्तै, गायिका रेखा शाहले लामो समयदेखि बाटिका क्रियसन बुटिकका पहिरनहरू प्रयोग गर्दै आएको बताइन्। बुटिकको उद्घाटनमा गोमालाई सफलताको शुभकामना दिँदै उनले बाटिकाका पहिरन नेपालका अन्य बुटिकको तुलनामा सस्तो मात्र नभई गुणस्तरीय भएको जिकिर गरिन्। विभिन्न म्युजिक भिडियोदेखि पार्टीहरूमा समेत बाटिका क्रियसनकै पहिरन प्रयोग गर्दै आएको पनि उनले खुलाइन्।

लेखक एवम् नेपाली खाना विज्ञ रोहिणी राणाले बाटिका क्रियसन फेसनेबलहरूका लागि उत्कृष्ट गन्तव्य हुने बताइन्।

आफूले पनि यहाँका पहिरनहरू प्रयोग गर्दै आएको उल्लेख गर्दै, बुटिकलाई बृहत रूपमा सञ्चालनमा ल्याएकोमा गोमालाई शुभकामना दिइन्। नेपाली सेनाको प्राविधिक क्षेत्रमा लामो समय योगदान दिएर अवकाश प्राप्त गरेपछि फेशन व्यवसायमा लागेर गोमाले फरक परिचय बनाएकोमा नेपाली सैनिक महिला संघकी पूर्व अध्यक्ष रोहिणीले खुशी व्यक्त गरिन्।

बाटिकाकी सञ्चालक गोमाले यो बुटिकको स्थापना २०७६ सालमा सानो सटरमा गरेकी थिइन्। हाल भने महिला, पुरुष र बालबालिकालाई लक्षित गर्दै पुनः सञ्चालनमा ल्याएको उनले उद्घाटन समारोहमा जानकारी गराइन्।

आफ्नो बुटिकमा दैनिक जीवनमा प्रयोग हुने अनौपचारिकदेखि विभिन्न पार्टी, समारोह तथा सभा-समारोहका लागि आवश्यक औपचारिक पहिरन बुटिक तथा तयारी दुवै अवस्थामा उपलब्ध रहेको पनि उनले बताइन्।

“बुटिक भन्नासाथ महँगो हुन्छ भन्ने अवधारणा जनमानसमा रहिआएको भए पनि, मेरो बुटिकमा सस्तोदेखि महँगोसम्म सबै मूल्यका कपडा उपलब्ध छन्,” उनले थपिन्।

सम्बन्धित समाचार

सबै