सबिन श्रेष्ठले ल्याए ‘ए घरबेटी बा’

0 Shares

कलाकार सबिन श्रेष्ठले “ए घरबेटी बा” नामक वेब सिरिज लिएर आएका छन्।

कमेडी जनरमा तयार पारिएको सिरिजको ट्रेलर सार्वजनिक भएको छ। दिनेश खड्काको कथा तथा निर्देशन रहेको सिरिजलाई अनु शाहले निर्माण गरेकी छिन् भने ‘सबिन श्रेष्ठ’ नामक युट्युब च्यानलमार्फत प्रसारण हुनेछ।

सबिन श्रेष्ठ ‘रक्की’को रूपमा, दिनेश खड्का ‘एचडी’को रूपमा, र प्रकाश श्रेष्ठ ‘धनकाजी’को रूपमा देखिँदैछन्।

काठमाडौँ शहरमा कोठा भाडामा लिएर बस्ने दुई युवा र घरबेटीको कथालाई मुख्य आधार बनाइएको सिरिजमा मोनिका बुढाथोकी, सिताराम दाहाल, सुलेमान शंकर (ईकु) लगायतका कलाकारहरूको समेत अभिनय रहेको छ।

सबिन श्रेष्ठ भन्छन्, “मैले काम गरेका फिल्महरू अक्सर एक्सन जनरका छन्, तर यसपटक कमेडी जनरको वेब सिरिज लिएर आएका छौँ।

बाहिरबाट आएका युवायुवतीहरूले काठमाडौँ शहरमा गर्नुपर्ने संघर्षको कथालाई कमेडी शैलीमा भन्न खोजेका छौँ, जसले दर्शकलाई पूर्ण मनोरञ्जन दिनेछ।”

 

सम्बन्धित समाचार

सबै