गीत बाहेक सकियो हरिवंशको ‘हरिबहादुरको जुत्ता’ को छायांकन

0 Shares

तीन गीतबाहेक ‘हरिबहादुरको जुत्ता’ को सम्पूर्ण छायांकन सकिएको छ।

दीपेन्द्र के. खनाल निर्देशित सिनेमाको छायांकन २९ दिनमा सकिएको जानकारी निर्माता सरोज ओलीले दिएका छन्।

सिनेमाका मुख्य अभिनेता हरिवंश आचार्य ले पनि सहज ढंगले छायांकन सम्पन्न भएको बताए।

उनले भने, “हाम्रो टिम एकदम राम्रो बन्यो। सम्पूर्ण कलाकार र प्रविधिकको सहज वातावरणले चाँडै छायांकन सम्पन्न हुन सक्यो।” हरिवंशको जन्मथलो काभ्रेको शंखुस्थित पनौती आसपासमा छायांकन सम्पन्न गरिएको हो।

एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको सिनेमामा सरोज ओली र मोहितवंश आचार्य निर्माताको रूपमा रहेका छन्।

सामाजिक र हास्यकथावस्तुमा निर्माण भएको सिनेमा महजोडी को चर्चित हरिबहादुर को पात्रबाट प्रभावित छ। हरिबहादुर दर्शकमाझ निकै रुचाइएको पात्रअन्तर्गत पर्छ।

सिनेमामा हरिवंश आचार्य सँगै प्रकाश सपुत, स्वस्तिमा खड्का, राजाराम पौडेल, किरण केसी, हरिहर शर्मा, पार्वती अधिकारी, दिब्यदेव पन्त, तारा शर्मा, दिनेश काफ्ले, सीता न्यौपाने को पनि अभिनय छ। सिनेमाको प्रदर्शन मिति आगामी वर्षको दशैंको फूलपाती मा घोषणा गरिएको छ।

 

सम्बन्धित समाचार

सबै