0
Shares

‘जनै हराएको बाहुन’मा विजय बरालको जोडीमा अभिनेत्री मिरुना मगर अनुबन्धित भएकी छन् ।
यसअघि केही सिनेमामा साथै काम गरेको भएपनि विजय र मिरुनाले एकसाथ अनस्क्रिन रोमान्स गर्न लागेको भने यो पहिलो अवसर हो ।
यसअघि उनीहरुले ‘कबड्डी’, ‘जारी’ लगायतका सिनेमामा एकसाथ काम गरिसकेका छन् ।
हिमाल न्यौपानेले निर्देशन गर्ने ‘जनै हराएको बाहुन’ आगामी हरितालिका तीजको अवसरमा भदौ १० गते प्रदर्शन लक्ष्य छ ।