
‘छड्के २’का निर्माता प्रशान्त गिरीले नयाँ फिल्मको निर्माण गर्ने घोषणाा गरेका छन् ।
उनले ‘जवाफ’ नामक सिनेमा निर्माण गर्ने घोषणा गरेका हुन् ।
बुधबार एआई (आर्टिफिसियल इन्टेलिजेन्स)बाट तयार पारिएको थिम पोस्टर सार्वजनिक गर्दै फिल्मको घोषणा गरेका हुन् । पोस्टरले फिल्म एक्सन-थ्रिलर जनरामा बन्ने देखाएको छ ।
सार्वजनिक पोस्टरमा एक पात्र पेस्तोल लिएर बीच सडकमा उभिएका छन् । ती पात्रको परिचय भने खुलाइएको छैन । ‘सपना पूरा गर्न अपराधको बाटो रोज्नेहरुको कथा’ लेखिएको पोस्टरको पृष्ठभूमिमा प्रहरीको भ्यान र कंक्रिट सहर देखिन्छ ।
२०८३ सालमा रिलिज लक्ष्य राखिएको फिल्मलाई करणले निर्देशन गर्नेछन् । उनी साउथ फिल्मका निर्देशक हुन् ।
प्राप्त समाचारका अनुसार फिल्मको सम्पूर्ण छायांकन भारतमा हुनेछ । सिनेमाको नाम घोषणा गरिएपनि कलाकारहरु भने छनोट हुन बाँकी रहेको बुझिएको छ ।
सिनेमाको कार्यकारी निर्मातामा सञ्चारकर्मी सचित खड्का रहेका छन् ।
निर्माता गिरी भने यतिबेला अमेरिकामा रहेका छन् । गिरीले यसअघि अनमोल केसीलाई लिएर निर्माण गरेको ‘छड्के २’ सिनेमा नेपाली वक्सअफिसमा सुपर फ्लप बनेको थियो। यो सिनेमालाई अनमोलको करियरकै बिर्सनलायक सिनेमा मानिन्छ ।