‘द्रोपदी’को ट्रेलर सार्वजनिक, पेस गर्छ बहुपति प्रथाको कथा

0 Shares

‘द्रोपदी’को ट्रेलर सार्वजनिक गरिएको छ।

ऋषिराज आचार्यको लेखन र निर्देशनमा तयार भएको फिल्मको आज शुक्रबार सार्वजनिक गरिएको तीन मिनेटभन्दा लामो ट्रेलरले नेपालका केही स्थानमा विद्यमान बहुपति प्रथाको कथामा सिनेमा घुमेको देखाएको छ।

ट्रेलरले रोजगारीका लागि विदेश गएका श्रीमानको दाजुभाईसँग सम्बन्ध राख्न बाध्य पारिएकी एक महिलाको कथालाई देखाएको छ।

फिल्ममा निर्देशक आचार्य स्वयं मुख्य भूमिकामा प्रस्तुत छन्। उनको जोडी अभिनेत्री आश्विनी शाहीसँग बाँधिएको छ।

ट्रेलरले फिल्मको कथा आश्विनीमा केन्द्रित भएको देखाउँछ। यसै सिनेमा गायक रवि ओडले अभिनेताको रूपमा डेब्यु गर्दैछन्, भने उनीहरूका अलावा कविराज भाम, जेल्सन अधिकारी, सुजाता तिमल्सिना, विष्णु ठडराई, प्रकाश ज्ञवाली, सुरज अधिकारीलगायतको अभिनय छ।

सिनेमा आगामी चैत ८ गतेबाट प्रदर्शनमा आउनेछ।

‘द्रोपदी’मा ऋषिराज आचार्य र प्रकाश ज्ञवाली निर्माता तथा विष्णु ठडराई सह-निर्मातामा छन्।

मोहनकुमार झिल्लुको छायांकन र ड्रोन रहेको फिल्ममा रवि ओडको संगीत, विष्णु ठडराईको कोरियोग्राफी, अनिल कुमार महर्जनको कलर र सम्पादन, कोविन्द सोनीको साउन्ड डिजाइन र सौरभ शर्मा बस्यालको ब्याकग्राउन्ड स्कोर छ।

 

सम्बन्धित समाचार

सबै