0
Shares

सिनेमा हलभित्र पानी र खानेकुरा अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी)भन्दा बढीमा बिक्री गरेमा हलहरुलाई कारवाही हुने भएको छ।
एक विज्ञप्ति जारी गर्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एमआरपीभन्दा बढी मूल्य लिएको पाइए कानुन अनुसार कारवाही गर्ने चेतावनी दिएको हो।
‘बजारलाई स्वच्छ र प्रतिस्पर्धी बनाउने, उपभोक्ताको हक अधिकार संरक्षण गर्ने सवालको सिलसिलामा उक्त छलफल भएको हो’ छलफलपछि विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
सोमबार विभाग र प्रदर्शक संस्था नेपाल चलचित्र संघबीच यसबारे छलफल र अन्तरक्रिया भएको थियो ।
यस्तै विभागले चाडपर्व लक्षित बजार अनुगमनलाई तीव्रता दिन बजार अनुगमन टोली परिचालन गरिएको समेत आफ्नो विज्ञप्तिमा उल्लेख गरेको छ ।