बालुवाटारमा सत्तारुढ दलको बैठक, के के भए कुरा?

0 Shares

बालुवाटारमा आज बुधबार बसेको सत्तारुढ दलको बैठकले तीन कुराम केन्द्रित भएको जनाइएको छ।

बैठकमा सरकारका सय दिनका कामकारवाही, भावी कार्यक्रम तथा सहकारी सम्बन्धी विषयमा कुराकानी भएको छ।

सरकारको सय दिनको उपलब्धीका बारेमा आज तीन बजे प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने जानकारी बैठकपछि पत्रकारसँग बोल्दै नेकपाका महासचिव शंकर पोखरेलले दिए।

पोखरेलका अनुसार सत्तारुढ दलको अर्को बैठक शुक्रबार बस्नेछ।

‘शुक्रबार अपराह्न ३ बजे सत्तारूढ दलहरूको बैठक बसेर दृष्टिकोण बाहिर ल्याउने सहमति भएको छ,’ पोखरेलले भने, ‘विभिन्न विषयमा छलफल गरी निष्कर्ष निकालेर सार्वजनिक गर्छौं।’

वैठकले नेपाल स्वतन्त्र पार्टी (रास्वपा)ले उसको सभापति सहकारी ठगी पछि पक्राउ परेको घटनामा हाल देखाइरहेको क्रियाकलापको आलोचनासमेत गरेको छ।

‘छानबिन प्रक्रिया अघि बढेका बेला सडकमा भिड जम्मा गरेर अदालतलाई समेत प्रभावित गर्ने हिसाबले गतिविधि गर्ने कुरा लोकतान्त्रिक दृष्टिकोणले पनि उचित होइन, फौजदारी अभियोगमा छानबिन गरिरहेका बेला सडकबाट प्रभावित गर्ने उचित होइन,’ उनले भने, ‘संसदले नै छानबिनका लागि  निर्देशन दिएको हो, यसलाई सहज रूपमा लिनुपर्दछ।’

लामिछाने पक्राउ परेसँगै रास्वपाले पोखरा केन्द्रित प्रदर्शन गरिराखेको छ।

‘नयाँ भनिने राजनीतिक दलले जुन प्रकारको संस्कार प्रस्तुत गर्नुभएको छ त्यसले लोकतन्त्रलाई कमजोर बनाउँछ,’ उनले भने, ‘कानुनको शासनलाई प्रभावित गर्ने कुनै गतिविधि नगर्न पनि आग्रह गर्छौं। यसमा सत्तापक्षको कुनै आग्रह पूर्वाग्रह छैन।’

बैठकमा कांग्रेसका सभापति देउवा, गृहमन्त्री लेखक, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव पोखरेल, जनता समाजवादी पार्टीका सहअध्यक्ष रेणुकुमारी यादव, जनता समाजवादी पार्टी नेपालका उपाध्यक्ष राजकिशोर यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष सिके राउतलगायत सहभागी थिए।

 

 

सम्बन्धित समाचार

सबै