0
Shares

शनिबारदेखि टीकापुरमा जारी टीकापुर साहित्य महोत्सवमा विभिन्न विधाका व्यक्तित्वहरुलाई पुरस्कार प्रदान गरिएको छ।
टीकापुर साहित्य महोत्सवको दोस्रो संस्करणमा शिक्षासेवी धनञ्जय तिमिल्सिना र बलबहादुर रावललाई संयुक्त रुपमा एक लाख नगद राशिको खड्गस्मृति राष्ट्रिय गौरव पुरस्कार प्रदान गरिएको छ। टीकापुर नगरको स्थापनाकालदेखि नै शिक्षा क्षेत्रमा पुर्याएको योगदानका लागि तिमिल्सिना र रावललाई पुरस्कृत गरिएको हो।
उनलाई टीकापुर साहित्य समाज प्रतिभा पुरस्कार प्रदान गरिएको हो। त्यसै गरी महोत्सवमा अमित चौधरीलाई नगद २५ हजार रुपैयाँको टीकापुर साहित्य समाज जेहेन्दार विद्यार्थी पुरस्कार प्रदान गरियो।
शनिबारदेखि जारी महोत्सवमा ऐंठन उपन्यासका लेखक मदन पुरस्कार विजेता लेखक विवेक ओझालाई ५० हजार नगद पुरस्कार प्रदान गरियो।
तीन दिने महोत्सव सोमबार समापन हुनेछ।