‘चाँडै फर्की आउ’ को विशेष प्रदर्शन गरियो

0 Shares

समसामयिक कथावस्तुमा आधारित सिनेमा ‘चाँडै फर्की आउ’ को शनिबार अष्टनारायण हल, बालाजुमा विशेष प्रदर्शन गरियो।

अनिल लामाको लेखन तथा निर्देशन रहेको ‘चाँडै फर्की आउ’ मा जयकिशन बस्नेत, काव्य ढकाल, लक्ष्मण बस्नेत, भोला भण्डारी, श्री चापागाईँ, पूजा लामा आदि कलाकारहरूको अभिनय रहेको छ।

यसमा निर्माता स्मृति तामाङ, स्नेहा तामाङ, कार्यकारी निर्माता माया लामा, सहनिर्माता चन्द्रमाया तामाङ रहेका छन् भने गीत-सङ्गीत मनिराज काफ्लेले गरेका छन्। छायांकन अन्सारीले गरेका छन्, द्वन्द्व निर्देशन शंकर महर्जनले, नृत्य निर्देशन अमन रानाले तथा सहनिर्देशन सुवास गौतमले गरेका छन्।

अनिल लामा फिल्मस्को प्रस्तुति रहेको ‘चाँडै फर्की आउ’ निकट भविष्यमा नै सार्वजनिक प्रदर्शन गरिने बताइएको छ।

सम्बन्धित समाचार

सबै