अनोभा स्किन एण्ड हेयर क्लिनिकमा अन्तर्राष्ट्रिय स्तरको स्किन तथा हेयर ट्रीटमेन्ट डिभाइस ‘भिभाची’

0 Shares

लामो समयदेखि छाला तथा कपालसम्बन्धी समस्यामा उत्कृष्ट सेवा प्रदान गर्दै आएको जावलाखेलस्थित अनोभा स्किन एण्ड हेयर क्लिनिकले नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको एन्टि-एजिङ र हेयर ट्रीटमेन्ट डिभाइस ‘भिभाची’ भित्र्याएको छ।

कुपण्डोलको होटल हिमालयमा आयोजित एक समारोहमा नेपाली सिनेमा क्षेत्रका तीन लोकप्रिय अभिनेत्रीहरू रेखा थापा, केकी अधिकारी तथा साम्राज्ञी राज्य लक्ष्मी शाहले उक्त डिभाइसको अनावरण गरेका छन्।

समारोहमा अभिनेत्री केकी अधिकारी तथा रेखा थापाले आफूहरू समय मिलाएर यसै साता ‘भिभाची’ प्रविधिको प्रयोग गरेर आफ्नो छालालाई थप स्वस्थ बनाउने धारणा व्यक्त गरे। समारोहमा ढिलो गरी उपस्थित भएकी अभिनेत्री शाहले पनि आफू उक्त प्रविधिको सेवा लिन इच्छुक रहेको धारणा व्यक्त गरिन्।

अनोभा स्किन एण्ड हेयर क्लिनिककी सञ्चालिका तथा वरिष्ठ छाला रोग विशेषज्ञ डा. स्मृति श्रेष्ठले यो डिभाइस नेपालमा ल्याउन ठूलो मेहनत गर्नु परेको बताइन्। डा. श्रेष्ठका अनुसार ‘भिभाची’ उपकरण माइक्रो निडलिङ प्रक्रियाद्वारा छाला तथा कपालको उपचार गर्ने प्रविधि हो। उनका अनुसार ‘भिभाची’ एक उन्नत माइक्रो निडलिङ प्रविधि हो, जसमा रेडियो फ्रिक्वेन्सी ऊर्जा र साना सुईहरू प्रयोग गरी छाला तथा कपालको पुनर्निर्माण गरिन्छ। यो उपचार छालाको गहिराइमा पुगेर कोलाजेन उत्पादन बढाउने, चाउरीपन हटाउने, दाग-धब्बा कम गर्ने तथा छालालाई टाइट बनाउने कार्य गर्छ।

डा. श्रेष्ठका अनुसार यो प्रविधि छालाका विभिन्न समस्याहरू सुधार गर्न प्रयोग गरिन्छ। उनका अनुसार छालाको कसिलोपन बढाउने, कोलाजेन उत्पादनलाई उत्तेजित गरेर छालालाई टाइट बनाउने, चाउरी र फाइन लाइनहरू हटाउँदै बुढ्यौलीका संकेतहरू कम गर्ने तथा छालाको बनावट सुधार गरी मोटो, चम्किलो र स्वस्थ बनाउने कार्य गर्छ। उनका अनुसार यो प्रविधि एक्ने स्कार हटाउन अहिलेसम्मकै उत्कृष्ट डिभाइस हो।

त्यसैगरी, यसले छालाको पिग्मेन्टेशन तथा दाग हटाउने, अनुहारका दाग, स्ट्रेच मार्क्स र रंग असमानतालाई सुधार गर्ने कार्य गर्छ। यसले छालाको तेलियापन कम गर्दै छालाका प्वालहरू साना बनाउँछ। साथै, कपालको पुनः वृद्धि (हेयर रिग्रोथ) का लागि ‘भिभाची’ लाई एक्सासम्ससँग प्रयोग गर्दा अनुसन्धानअनुसार कपालको घनत्व (डेन्सिटी) तथा मोटाइ (डायमिटर) मा सुधार हुन्छ।

डा. श्रेष्ठका अनुसार ‘भिभाची’ माइक्रो निडलिङका विभिन्न फाइदा छन्। जस्तै, यो प्रविधिबाट गरिने उपचार कम पीडादायी हुन्छ किनभने टोपिकल एनेस्थेसिया (सुन्याउने क्रिम) प्रयोग गरिन्छ। यसबाहेक, उपचार गरेको केही दिनमै छालामा सुधार देखिन्छ र छिटो सामान्य अवस्थामा फर्किन्छ। डा. श्रेष्ठका अनुसार यो प्रविधि सबै प्रकारका छाला तथा कपालका लागि उपयुक्त छ।

उक्त प्रविधिको शुभारम्भ समारोहलाई सम्बोधन गर्दै डा. श्रेष्ठले ‘भिभाची’ माइक्रो निडलिङ एक सुरक्षित र प्रभावकारी छाला उपचार प्रविधि भएको तथा यसले स्वस्थ, चम्किलो र जवान देखिने छाला पाउन मद्दत गर्ने दाबी गरिन्।

समारोहमा सामाजिक सञ्जालका केही लोकप्रिय कन्टेन्ट क्रिएटरहरूले पनि यो प्रविधिको प्रयोगमार्फत आफ्नो छालालाई थप स्वस्थ बनाउने इच्छा व्यक्त गरेका थिए। साथै, अनोभा स्किन एण्ड हेयर क्लिनिकको तर्फबाट राखिएको स्टलहरूमा यो प्रविधिका बारेमा जानकारी प्रदान गरिनुका साथै छाला तथा कपालसम्बन्धी जिज्ञासा राख्नेहरूलाई परामर्शसमेत दिइएको थियो।

सम्बन्धित समाचार

सबै