‘मितज्यू’बाट डेब्यू गर्दै तेरिया मगर, के दयाको बन्दैछिन् जोडी ?

0 Shares

‘घरज्वाइँ’ निर्माण टिमले घोषणा गरेको नयाँ सिनेमा ‘मितज्यू’ को प्रमुख कलाकारमा दयाहाङ राई तथा तेरिया मगर अनुबन्धित भएका छन्।

फेसबुकमार्फत निर्माण टिमले अनुबन्धसम्बन्धी जानकारी दिएको हो।

यसअघि नै घोषणा भइसकेअनुसार, सिनेमा आगामी वर्षको चैत २७ गते रिलिज हुने छ।

‘डान्स इण्डिया डान्स लिटिल मास्टर्स-२०१४’ तथा सन् २०१७ को ‘झलक दिखला जा (सिजन ९)’ की विजेता समेत रहेकी तेरियाको यो डेब्यू सिनेमा हुनेछ।

निर्माण पक्षले दया र तेरियालाई एकसाथ अनुबन्ध गरिएको सार्वजनिक गरे पनि सिनेमामा उनीहरू जोडीका रूपमा रहने-नरहनेबारे कुनै जानकारी दिएको छैन।

सिनेमाका निर्देशक अनिल बुढामगर हुन्।

जीएम मूभिज प्रोडक्सन र एबीएम सिने प्रोडक्सन को ब्यानरमा सिनेमा निर्माण हुनेछ। सिनेमाका निर्माता जनक घर्तीमगर हुन्।

महेश राईको लेखन रहेको सिनेमाका प्रोडक्सन कन्ट्रोलर धन बहादुर राई हुन्।

सम्बन्धित समाचार

सबै