‘पीजी सर्टिफिकेट’ पाएको ‘आउटलः दफा २१९’को बुकिङ खुल्यो, कति पायो त शो ?

0 Shares

भोलि बिहीबारबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘आउटलः दफा २१९’ लाई चलचित्र जाँच पास समितिले ‘पीजी सर्टिफिकेट’ दिएको छ। अब, यो सिनेमा हेर्नका लागि १६ वर्षमुनिका बालबालिकालाई अभिभावकको साथ आवश्यक हुनेछ।

यसैबीच, देशभरका हलमा सिनेमाको बुकिङ खुलिसकेको छ। वर्षकै प्रतिक्षित सिनेमामध्ये एक मानिएको ‘आउटलः दफा २१९’ लाई मल्टिप्लेक्सहरूले राम्रो शो दिएका छन्। हलमा सिनेमाको माग उच्च रहेकोले उपलब्ध शोहरूलाई सुखद मानिएको छ।

एक्सन जनरामा निर्माण गरिएको यस सिनेमाले एउटा महत्त्वपूर्ण मुद्दा उठान गरेको छ। विक्की महर्जनको लेखन तथा निर्देशनमा बनेको यस सिनेमाको निर्माण अमित अग्रहरिले गरेका हुन्। सिनेमामा चुल्ठे काजीको एक्सन तथा साहिल खानको सम्पादन रहेको छ।

यस सिनेमामा नायक सुशिल श्रेष्ठ, शिक्षा संग्रौला, नरेश पौडेल लगायतका कलाकारहरूको अभिनय छ। सिनेमाले जापान र कतारबाट सकारात्मक प्रतिक्रिया पाएको छ। निर्माण पक्षले सेन्सरका लागि फाइल जापान र कतार पठाएको थियो, जहाँबाट समेत उत्कृष्ट प्रतिक्रिया प्राप्त भएको बताइएको छ। नेपालका दर्शकले पनि मन पराउनेमा निर्माण पक्ष विश्वस्त छ।

यस सिनेमालाई क्यूएफएक्स, बिग मुभिज, आईएनआई, वान सिनेमाज, एफक्यूब लगायतका मल्टिप्लेक्सहरूले राम्रो शो प्रदान गरेका छन्। भोलि फागुपूर्णिमा परेकाले बिहानका शोहरू उपलब्ध छैनन्, तर मध्यान्हपछि देशभरका हलमा दर्शकले हेर्न पाउनेछन्।

सिनेमाको ट्रेलरले दर्शकको ध्यान आकर्षित गरिसकेकाले सुखद ओपनिङ गर्ने विश्वास गरिएको छ।

सम्बन्धित समाचार

सबै