‘पिताम्बर’ टिमले यसरी खेल्यो होली, हेर्नुस् प्रदीपले कसलाई रंगाए

0 Shares

नयाँ वर्ष २०८२ को छेको पारेर आगामी चैत २९ गतेदेखि रिलिज हुने सिनेमा ‘पिताम्बर’को टिमले बिहीबार राजधानीमा होली खेल्दै फागु पूर्णिमा मनाएको छ।

सिनेमा निर्देशक कृषा चौलागाईं, निर्माता विशाल चौलागाईं, तथा कलाकारहरू प्रदीप खड्का, दिव्य देव, सुपुष्पा भट्टलगायतले एकआपसमा रङ दलेर होली मनाएका हुन्। सिनेमाको टिमले पत्रकारहरूको समूहसँग पनि होली खेलेका थिए।

केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मस्को व्यानरमा निर्माण भएको यस सिनेमामा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्य देव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष, ललित विष्ट, किशोर भट्ट, विनोदकुमार पौडेल, नारायण काफ्ले र रविन्द्र भट्टराईको अभिनय छ।

बाल कलाकारका रूपमा आर्नव घिमिरे, प्रयुस दत्त सुवेदी, आध्य लामिछाने, आरोह चौलागाईं र सुप्रोल बुढाथोकी (अनमोल)ले समेत अभिनय गरेका छन्।

कृषा चौलागाईंको निर्देशन रहेको सिनेमामा विशाल चौलागाईं निर्माता, पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं सह-निर्माता, तथा सुमन गौतम कार्यकारी निर्माता छन्।

यस सिनेमामा प्रदीप भारद्वाज र अभिमन्यु निरवीको पटकथा तथा संवाद, पुरुषोत्तम प्रधानको डीओपी, शेरबहादुर लामा र मानकृष्ण महर्जनको छायांकन, बन्दे प्रसादको सम्पादन, आशीष अविरल र बाबुल गिरीको संगीत, तथा हिमाल केसीको द्वन्द्व रहेको छ। सिनेमाको वितरण आरआर फिल्मस्ले गर्दैछ।

 

सम्बन्धित समाचार

सबै