संजयलीला भन्सालीमा सिनेमा नेपालकी पूर्व मिस नेपाल एवं अभिनेत्री निकिता चाण्डक

0 Shares

हाल हलमा चलिरहेको ‘राजागंज’ सिनेमामा गरेको कामका लागि तारिफ बटुलिरहेकी

पूर्व मिस नेपाल निकिता चाण्डकले संजय लीला भन्सालीको सिनेमामा अनिबन्धित हुन सफल भएकी छन् ।

भन्साली ‘खामोशी’, ‘हम दिल दे चुके सनम’, ‘बाजीराव मस्तानी’ तथा ‘देवदास’ लगायतका सिनेमा एवं ‘हिरामण्डी’ वेब सिरिजका लागि चर्चित छन् ।

सिनेमामा आफू अनुबन्धित भएको जानकारी चाण्डकले आफ्नो इन्स्टाग्राम मार्फत सार्वजनिक गरेकी हुन्।

आफ्नो पोस्टमा उनले निर्माता-निर्देशक भन्सालीसँगको फोटोसहित आफूलाई मिलेको सफलताको पोस्ट राखेकी छन् ।

“सञ्जय लीला भन्साली सरको सिनेमा संसारको सानो हिस्सा बन्न पाउँदा अत्यन्तै आभारी र उत्साहित छु। भारतमा मेरो पहिलो परियोजना यसभन्दा राम्रो हुन सक्दैनथ्यो।”, उनले पोस्टमा लेखेकी छन्।

तर उनले कस्तो र कुन खाले सिनेमामा आफूलाई जोड्न सफल भएकी हुन भन्ने बारेमा भने केही जानकारी दिएकी छैनन् ।

संजय यतिबेला ‘लभ एण्ड वार’को सुटिङमा व्यस्त रहेका छन् ।

सम्बन्धित समाचार

सबै