के ‘कर्मा’को विशेषता एक्सन मात्रै हो त? यसो भन्छन् निर्देशक सौरभ

0 Shares

चैत २९ गते रिलिज हुने लागेको ‘कर्मा’ सिनेमाका निर्देशक सौरभ चौधरीले आफ्नो सिनेमालाई एक्सनको कोणबाट मात्र नबुझ्न आग्रह गरेका छन्।

उनले सिनेमामा एक्सन भएपनि, आफ्नो सिनेमाले सत्य घटनाहरूबाट प्रेरित कथा पर्दामा प्रस्तुत गर्ने दाबी गरे।

‘फिल्ममा एक्सन छ, तर केवल एक्सन मात्र होइन। यसले कुनै एक पात्रको कथा भन्छ। जब उ विभिन्न भँवरीमा फस्दै जान्छ, त्यसबाट बाहिर निस्कन के कस्तो संघर्ष गर्छ भन्ने कथा फिल्ममा छ,’ उनले भने।

यसैगरी, सिनेमामा विपिन कार्कीलाई किन छनौट गरिएको बारेमा जानकारी दिँदै, उनले भने कि सिनेमामा २० मिनेटको एक्सनले मात्र फिल्मलाई बोक्न सक्ने अवस्था छैन। त्यसैले, सम्पूर्ण फिल्मलाई बोक्न सक्ने उपयुक्त कलाकारको रूपमा विपिन कार्कीलाई छनौट गरिएको हो।

उनले थपे, ‘हामीलाई केवल एक्सन गर्ने नायक चाहिएको होइन। हामीलाई सिंगो फिल्म नै धान्न सक्ने कलाकार चाहिएको हो। यसैले, विपिन कार्कीलाई चयन गरेका हौं। उहाँ जस्तो इमान्दार र अनुशासित कलाकारसँग काम गर्न पाउँदा म निकै खुशी छु। एक्सनमा पनि विपिनजीले निकै मिहिनेत गर्नु भएको छ।’

यसैगरी, सौरभले आफ्नो अघिल्लो सिनेमा ‘हाइस्पिड’मा धेरै खिचिएको भएपनि, नयाँ सिनेमा सोखाले खिचिएका शृंखलाबाट फरक रहेको दाबी गरे।

उनले भने, ‘सिनेमाले दर्शकलाई मनोरञ्जन दिने उद्देश्य राखेको छ र यो उद्देश्य पूरा हुनेमा म ढुक्क छु।’

सम्बन्धित समाचार

सबै