‘रंगी’को अष्ट्रेलिया रिलिज मिति लक, आगामी अप्रिल ६ मा रिलिज हुने

0 Shares

सान्भी इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण भएको फिल्म ‘रंगी’ आगामी अप्रिल ६ मा अष्ट्रेलियामा रिलिज हुने भएको छ।

अभिनेता सलोन बस्नेत प्रस्तुतकर्ता रहेको यो फिल्म विशेषत: बाबुछोरीको कथामा आधारित छ। यो फिल्म नेपालमा गत फागुन २ गते रिलिज भएको थियो।

सुरेश न्यौपानेको निर्देशनमा निर्माण भएको यस फिल्ममा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ र विशाल पहारीको अभिनय छ। फिल्म ‘रंगी’ सलोनको डेब्यू निर्माण हो।

सक्षम सुवेदी, करिश्मा केसी बस्नेत र अनिश गौतमको निर्माण रहेको फिल्ममा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, आनन्द कार्की, आमेश भण्डारी, भीम बिसी, समीक्षा अधिकारी र सुजता केसीको स्वर, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको शब्द, बन्दे प्रसादको सम्पादन, राजेन्द्र मोक्तानको कलर, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी तथा केवलमान सिंह बस्नेतको प्रोडक्सन छ।

फिल्मको नेपाल वितरक एप्पल इन्टरटेनमेन्ट, एफडी र रिच इन्टरटेनमेन्ट हो।

सम्बन्धित समाचार

सबै