अशोक शर्माकी छोरी कृति शर्माले अभिनयमा डेब्यू, हेर्नुस् कस्तो देखियो पहिलो काम ?

0 Shares

नेपाली सिनेमाका सफल निर्मात- निर्देशक अशोक शर्माकी छोरी कृति शर्माले अभिनयमा डेब्यू गरेकी छन्।

उनको अभिनय रहेको म्युजिक भिडियो “रिटिङ्ग र्याइँ र्याइँ” बिहीबार एक कार्यक्रममा सार्वजनिक गरिएको हो।

गीत रिलिज कार्यक्रममा बोल्दै निर्माता तथा निर्देशक अशोक शर्माले छोरी कृतिले आफुलाई यो म्युजिक भिडियोमा अभिनय गरेर सरप्राइज दिएको बताए।

उनले भने, “मैले सिनेमा पर्दामा भन्दा पर्दा पछाडि काम गर्न रुचाउने मान्छे हो। उसले यसअघि ‘पानीफोटो’ र ‘रातो टीका निधारमा’ लगायतका सिनेमामा सहायक निर्देशकको रुपमा काम गरेको थियो। उसलाई अभिनय गर्ने इच्छा छ भन्ने थाहा भएको भए, मेरो सिनेमाबाट नै डेब्यू गराउन तयार थिए।”

मोडल सुनिल क्षेत्रीले नै अभिनय र निर्देशन गरेको म्युजिक भिडियोलाई गायक बसन्त थापा र एलिना चौहानको स्वरमा तयार गरिएको छ। यस गीतको शब्द रचना वरिष्ठ गीतकार राजेन्द्र थापाले गरेका हुन्।

अभि वाग्लेको कोरियोग्राफी रहेको गीतमा सुरवीर पण्डितको समेत अभिनय देख्न सकिन्छ। डेब्यू अभिनेत्री कृति शर्माले मोडल तथा निर्देशक सुनिल क्षेत्रीको अफर मन परेको र उनीसँग भाइवस् मिलेकाले अभिनय गर्न तयार भएको बताइन्।

कृति शर्माले पहिलो पटक म्युजिक भिडियोमा अभिनय गर्दाको अनुभव रमाइलो भएको भने तर डान्सिङ नम्बर भएकाले नृत्य गर्न केही असहज महसुस भएको बताइन्।

आगामी दिनमा राम्रो म्युजिक भिडियोबाट प्रस्ताव आएको खण्डमा अभिनयलाई निरन्तरता दिने सोच उनको छ। त्यससँगै, आफ्नो सपना सिनेमा निर्देशन भएकोले त्यसमा पनि उत्तिकै फोकस गर्ने सोच छ।

नवराज उप्रेतीले छायांकन गरेको भिडियोलाई अमृत चापागाईले सम्पादन र कलर गरेका हुन्।

सम्बन्धित समाचार

सबै