
चर्चित म्यूजिक भिडियो निर्देशक नितिन चन्द हिन्दी गीतको भिडियो सार्वजनिक गरिएको छ।
बिहीबार,विश्वज्योती सिनेमा हलमा एक कार्यक्रमका बीच भिडियो सार्वजनिक गरिएको हो।
भिडियोमा प्रतिभाशाली मोडल सुशान्त ढकाल र सृष्टि खड्का फिचर गरिएको छन्। भिडियो रिलिज कार्यक्रममा आकर्षक रूपमा प्रस्तुत भएका ढकालले भिडियोमा पनि राम्रो काम गरेका छन्।
भिडियो योर स्टाइल प्रोडक्सनले तयार पारेको हो।
‘तुझमें खोया तुझमें पाया’ बोलको गीतको भिडियो भारतमा भने एफएमडी म्युजिक मुम्बईबाट सार्वजनिक हुनेछ। अहिले गीतको टिजर मात्र युट्युबमा राखिएको छ। मोहमद साहिदको शब्द तथा संगीत रहेको गीतमा सोनु मिश्रको स्वर रहेको छ।
भिडियो रिलिज कार्यक्रममा बोल्दै निर्देशक चन्दले आफूले निर्देशन गरेका अन्य हिन्दी गीतहरू पनि सार्वजनिक हुने तयारीमा रहेको बताए।
आधा दर्जनभन्दा बढी म्युजिक भिडियो र केही विज्ञापनहरूमा काम गरेका सुशान्त ढकालले आफू निरन्तर यही क्षेत्रमा काम गर्दै रहने र भविष्यमा ठूलो पर्दामा देखिने योजना रहेको बताए।
कार्यक्रममा मोडल मिस पवि, योर स्टाइल प्रोडक्सनका चिरन्जीवी शर्मा, मोडल नमित चन्द लगायतको उपस्थिति रहेको थियो।