नाटक घर बनाउँदै कान्तिपुर फिल्म एकेडेमी,राजेश हमालले गरे शिलान्यास

0 Shares

कान्तिपुर फिल्म एकेडेमीले नाटक घर संचालन गर्ने भएको छ ।

बिहीबार अभिनेता राजेश हमालले निर्माण हुन लागेको थिएटरको विश्व रंगमञ्च दिवसको अवसरमा  शिलान्यास गरे ।

एकेडेमीले नक्साल गैरीधाराको परिसरमा नाटक घर संचालनमा ल्याउन लागेको हो । फिल्म र नाटकलाई जोडेर अघि बढाउने उद्देश्यले थिएटर निर्माण सुरु भएको एकेडेमीका प्रमुख प्रकाश पुरीले बताए ।

एकेडेमीले ९ वर्षदेखि फिल्म निर्माण र अभिनय विषयमा पठनपाठन गर्दै आइरहेको छ ।

१४४ सिट क्षमताको थिएटरको निर्माण बैशाखमा सम्पन्न हुने जनाइएको छ ।

थिएटर सुरुवातसँगै अब फिल्मका विद्यार्थीले एकेडेमीमा थिएटरसम्बन्धी पनि अध्ययन र अभ्यास गर्न पाउने अवसर पाउनेछन ।

एकेडेमीको आफ्ना विद्यार्थीसहित अन्य नाट्य समूह र रंगकर्मीलाई मंच प्रदान गर्ने जनाएको छ।

थिएटरको शिलान्यास गरेका अभिनेता हमालले थिएटरले फिल्म र रंगमञ्चमा आउन र सिक्न खोज्ने नव प्रवेशीको लागी अवसरको दायरा फराकिलो तुल्याउने धारणा राखेका थिए ।

May be an image of 5 people and text that says '해 हमाल 佳 राजेश'

सम्बन्धित समाचार

सबै