‘चमेलीको पोइ’मा मुकुनसँग सुरक्षाले गर्ने भइन् रोमान्स

0 Shares

चमेलीको पोई  फिल्ममा अभिनेता मुकुन भुसाल तथा सुरक्षा पन्त अनुबन्धित भएका छन्।

भुसाल र पन्तले फेसबुकमा पोस्ट गर्दै आफूहरू अनुबन्धित भएको जानकारी दिएका हुन्।

उनीहरूका अलावा चर्चित हास्य कलाकार नारायण त्रिपाठी, विल्सन विक्रम राई, रजनी गुरुङ समेत अनुबन्धित भइसकेका छन्।

सूर्य बोहराको लेखन तथा निर्देशन गर्ने फिल्मलाई सुनिता सापकोटा तथा रामनारायण उपाध्यायले निर्माण गर्न लागेका हुन् भने कार्यकारी निर्मातामा उदयविक्रम राणा र ऋतु मल्ल रहेका छन्।

यसैगरी, सहनिर्मातामा नारायण त्रिपाठी, कपिल आचार्य, प्रदीप कुमार सापकोटा, सुदीप कुँवर तथा यमप्रसाद ओली रहेका छन्।

धनलक्ष्मी सिनेमेकर्सको प्रस्तुतिमा निर्माण हुने फिल्म एभरेस्ट सूर्य बोहरा फिल्म्स सँगको सहकार्यमा निर्माण हुन लागेको हो।

फिल्मका लागि राजराज शिवाकोटीले संगीत दिनेछन् भने बाँकी कास्ट र क्रूका बारेमा निर्माण पक्षले केही समयपछि जानकारी दिने बताइएको छ।

कमेडी जनरामा निर्माण हुने फिल्मले सामाजिक कथा प्रस्तुत गर्नेछ।

सम्बन्धित समाचार

सबै