
चैत २९ गते रिलिज हुने प्रदिप खड्का, सौगात मल्ल, दयाहाङ राई स्टारर ‘पिताम्बर’ सिनेमाको आज केही घण्टा अगाडि रिलिज भएको ट्रेलर यूट्यूब ट्रेन्डिङमा परेको छ ।
आज एक कार्यक्रमकाबीच रिलिज गरिएको ट्रेलर ३ घण्टा नपुग्दै भिडियो संजाल यूट्यूबको ९ औं स्थानमा ट्रेन्डिङ भइरहेको छ।
सिनेमा संजालको मुभिज सेक्सनमा ट्रेन्ड हुन सफल भएको हो ।
रिलिजको ३ घण्टाको अवधिमा मल्टिस्टारर सिनेमाको ट्रेलरलाई साढे ७१ हजार बढि भ्यूज मिलेको छ जुन अझै बढ्ने क्रममा रहेको छ ।
यूट्यूबमा सिनेमाको ट्रेलरप्रति देखिएको यसप्रकारको आकर्षणले वक्सअफिसमा यसले बलियो सुरुवात गर्नसक्ने आधार बनाएको छ ।
आजको ट्रेलर सार्वजनिक कार्यक्रममा यसका प्रमुख अभिनेता प्रदिप खड्काले यस वर्षको सुरुवात वक्सअफिसमा सुखद बनेको स्मरण गर्दै अन्त्य पनि सुखद् हुने धारणा राखेका थिए।
‘यो सालको ओपनिङ एकदमै राम्रो भयो वैशाख-जेठदेखि नै, यो सालको क्लोजिङ झन धेरै धमाकेदार होस् । नेपाली सिनेमा उद्योगका लागि यादगार साल रहोस् , त’यही कामना गर्दै टिमलाई धेरै धन्यवाद’, उनले भने ।
आज प्रदिपले यसो भन्नु र ट्रेलर पनि रिलिजको केही घण्टाभित्र नै ट्रेन्डिङमा पर्नुले सिनेमाको वक्सअफिस प्रदर्शन सोही अनुसार हुने सम्भावनालाई नकार्न सकिन्न, बाँकी सिनेमा रिलिजपछि स्पष्ट हुने नै छ ।