दीपकले बनाउने भए ‘हे माया’

0 Shares

दीपक लम्सालको लगानीमा सिनेमा ‘हे माया’ निर्माण हुने भएको छ। आगामी जेठबाट सिनेमाको छायांकन तयारीसहित यो सिनेमाको निर्माण घोषणा गरिएको हो। सिनेमामा नाम चलेका कलाकारहरूको अभिनय रहने जानकारी उनले दिएका छन्।

सिनेमाका लागि अहिलेसम्म धेरै कलाकारसँग मौखिक सहमति भईसकेको भएपनि लिखित सम्झौता हुन बाँकी रहेकाले केही समयपछि सार्वजनिक गर्ने तयारी भइरहेको उनले जानकारी दिए। निर्माता दीपक लम्साल लामो समयदेखि भारतको मुम्बईमा बसेर बलिउड र दक्षिण भारतीय सिनेमाको नेपाल रिलिजको चाँजोपाजो मिलाउँदै आइरहेका छन्। उनले बलिउड सिनेमा नेपाल रिलिजमा लामो समय काम गरेपछि पहिलो पटक नेपाली सिनेमा निर्माणमा हात हाल्न लागेका हुन्।

रियल इन्टरटेनमेन्ट प्रालीको ब्यानरमा निर्माण हुने सिनेमालाई जुनिम गहतराजले निर्देशन गर्ने भएका छन्। उनले निर्माण तथा निर्देशन गरेको सिनेमा ‘ताण्डवम्’ हालै प्रदर्शनमा आएको थियो। ‘ताण्डवम्’मा जुनिमको निर्देशकिय क्षमता हेरेर नै आफ्नो सिनेमा निर्देशनमा जिम्मेवारी सुम्पेको निर्माता लम्सालले बताए।

नेपाली वक्सअफिसमा ‘ताण्डवम्’ सुपरफ्लप बनेको थियो ।

सिनेमाको पटकथा तथा संवाद चक्रपाणी सांखीले लेखिरहेका छन्। नेपाली नयाँ वर्ष सुरु भएसँगै सिनेमाको कास्ट एण्ड क्रू सार्वजनिक गर्ने तयारी निर्माण टिमको छ।

सम्बन्धित समाचार

सबै