‘न्यू इयर इभ एट जर्मन होम्स’मा राम कृष्ण ढकाल एण्ड ब्याण्ड

0 Shares

नयाँ वर्ष २०८२ सालको पूर्वसन्ध्यामा भक्तपुरको गठ्ठाघरमा रहेको जर्मन होम्सले ‘न्यू इयर इभ’ कार्यक्रम आयोजना गर्ने भएको छ। वरिष्ठ लोकप्रिय गायक राम कृष्ण ढकाल एण्ड ब्याण्डको विशेष प्रस्तुति रहने उक्त कार्यक्रमलाई ‘न्यू इयर इभ एट जर्मन होम्स विथ राम कृष्ण ढकाल’ नाम दिइएको छ। कार्यक्रममा गायक ढकालका अलावा अन्य राष्ट्रिय कलाकारहरूको पनि प्रस्तुति रहनेछ।

चैत ३१ गते बेलुका ६ बजेबाट सुरु हुने उक्त कार्यक्रम राति १२ बजेसम्म चल्नेछ। कार्यक्रमलाई नेपालकै चर्चित उद्घोषिका/नायिका रीमा विश्वकर्माले सञ्चालन गर्नेछिन्। ‘न्यू इयर इभ एट जर्मन होम्स’मा साङ्गीतिक कार्यक्रमको साथै कमेडी, साल्सा नृत्य र डी.जे. सेसन पनि रहनेछ।

न्यू जर्मन आर्किटेक्चरमा बनेको भव्य हल उद्घाटनसमेत भएको उक्त कार्यक्रममा करिब १५ सयदेखि २ हजार दर्शकलाई सहभागी गराउने लक्ष्य राखिएको छ। ‘न्यू इयर इभ एट जर्मन होम्स’मा सहभागी हुन यसै चैत २२ गतेदेखि खल्ती एपमार्फत टिकट बुकिङ गर्न सकिनेछ, साथै डोर सेलको पनि व्यवस्था गरिएको आयोजकले जानकारी दिएका छन्। कार्यक्रममा सहभागी हुने मध्यबाट एकजनाले थाइल्याण्ड ट्रिपको पुरस्कार प्राप्त गर्न सक्नेछन् भने अन्य विशेष उपहारहरू पनि रहेका छन्।

जर्मन होम्समा आयोजना हुने यो विशेष कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण तयारीहरू तीव्र गतिमा अघि बढिरहेको आयोजकले जनाएको छ। २०८१ साललाई धन्यवाद दिँदै नयाँ ऊर्जासाथ २०८२ साललाई स्वागत गर्नको लागि भव्य कार्यक्रमको आयोजना गरेको जर्मन होम्स होटेल & इभेन्ट भेन्युका सञ्चालक एवम् कार्यकारी निर्देशक राजन कार्कीले जानकारी दिनुभएको छ। नयाँ वर्षको पूर्वसन्ध्यामा भव्य साङ्गीतिक वातावरणको आनन्द लिन इच्छुक सम्पूर्णलाई कार्यक्रम स्थलमा उपस्थित हुन आयोजक टिमले आग्रह गरेको छ।

नयाँ होटेल रूम र १५०० जनाको क्यापासिटी भएको बलरुम साथै इनडोर र आउटडोर सुविधासहित जर्मन होम्स हस्पिटालिटी (होटेल एण्ड इभेन्ट भेन्यु) गत ४ वर्षदेखि गठ्ठाघरमा उच्च गुणस्तरको सेवा प्रदान गर्दै आएको एक प्रतिष्ठित गन्तव्य हो।

सम्बन्धित समाचार

सबै