यूट्यूब ट्रेण्डिङमा कर्माको ‘पागल’ गीत

0 Shares

लोकप्रिय गायक सुशान्त केसीको स्वरमा रहेको फिल्म कर्माको गीत सार्वजनिक भएको २४ घण्टामा यूट्यूब ट्रेण्डिङमा परेको छ।

सोमवार सुशान्त केसीको यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको पागल बोलको गीत यूट्यूबको म्युजिक सेक्सन अन्तर्गत ७ नंम्बर ट्रेण्डिङमा पुगेको छ।

प्रेमिल गीतमा शब्द र संगीत पनि गायक केसीकै छ। फिल्मको गीत सार्वजनिक भएसँगै कर्माको हाइप पनि बढेको छ।

सार्वजनिक गीतलाई यूट्यूबमा दर्शकहरूले राम्रो साथ दिएका छन्। यसको उदाहरण, २४ घण्टा नबित्दै यूट्यूब ट्रेण्डिङमा स्थान बनाउन हो। हालसम्म यो गीतलाई करिब ३ लाख १५ हजार दर्शकहरूले हेरिसकेका छन्।

फिल्मका लागि पहिलो पटक गीत गाएका गायक केसीले अहिलेको युवापुस्ताले रुचाउने खालको गीत तयार पारेका छन्। फेसबुक सर्ट र रिल्समा राखिएको छोटो क्लिप नै दर्शकले निकै मन पराएका छन्।

गीतका शब्द र लय सुशान्त केसीको आफ्नै फ्लेभरमा छन्, जसका कारण युवा पुस्ताले यो गीत मन पराउनेमा फिल्मको निर्माण पक्ष ढुक्क छ।

सुशान्तले फिल्मको पहिलो गीत “नयाँ अनुभव चैतमा छिट्टै हलमा” भन्दै सामाजिक सञ्जालमा यसअघि नै लेखेका थिए।

गीतको भिडियोकमा फिल्मका मुख्य कलाकार फिचर्ड छन्। विपीन कार्की र उपासना सिंह ठकुरीले भिडियोलाई अभिनय गरेका छन्। गीत र भिडियोमा एकअर्काप्रतिको माया देख्न सकिन्छ।

विपीनले उपासनालाई देख्नबित्तिकै मायामा पागल बनेको क्षणलाई गीतले पक्रेको छ। एकअर्काको आँखामा देखिएको प्रेमको गहिराइलाई सुशान्तले गीतमा उतारेका छन्।

फिल्मको फुटेज भिडियोमा प्रयोग गरिएको छ र फिल्मका कलाकारसँगै सुशान्त पनि भिडियोलाई फिचर्ड छन्।

नेपाल र विदेशमा एकसाथ रिलिज हुने फिल्म कर्मा नयाँ वर्ष २०८२ को अवसर पारेर आगामी चैत २९ गते रिलिज हुने छ।

फिल्म कर्मामा विपीन र उपासनासँगै मुकुन भुसाल, दिब्यदेव, सरिता गिरी, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालगायतका कलाकारहरूको अभिनय रहेको छ।

कर्माले अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार सेभेन सिज सिनेमाले लिएको छ।

एक्सन जनरामा निर्माण भएको कर्मा ड्रामा, सस्पेन्स र एक्सन जनरामा आधारित छ। फिल्मको कथा निर्देशक चौधरीले आफैंले लेखेका छन्।

फिल्ममा भाष्कर स्वाँरको संगीत निर्देशन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र निमेष श्रेष्ठको सम्पादन छ।

तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको फिल्ममा समीर मियाको भिएफएक्स, उत्तम न्यौपानेको ब्याकग्राउन्ड स्कोर, शाहिल खानको टिजर–ट्रेलर, विजय बश्यालको पब्लिसिटी डिजाइन र राजेन्द्र मोक्तान कलरिस्ट रहेका छन्।

आर्टिस्टिक इन्टरटेन्मेन्टको प्रस्तुति रहने कर्मामा वसन्त लम्सालको लगानी छ।

निर्देशक चौधरीको अगस्त्यः च्याप्टर १ ले दर्शक र समीक्षकबाट राम्रो प्रतिक्रिया पाएको थियो।

सम्बन्धित समाचार

सबै