‘कर्मा’ र ‘पिताम्बर’को बुकिङ खुल्यो,कसले पायो बढि शो?

0 Shares

शुक्रबारदेखि एकसाथ प्रदर्शनमा आउने ‘कर्मा’ र ‘पिताम्बर’को बुकिङ खुलेको थियो।

सार्वजनिक शो अनुसार क्यूएफएक्स चेनले उपत्यकामा सौरभ चौधरीको निर्देशनमा बनेको फिल्मलाई १९ शो उपलब्ध गराएको छ भने कृषा चौलागाईं निर्देशित ‘पिताम्बर’लाई २७ शो दिएको छ।

‘कर्मा’मा विपिन कार्की, मुकुन भुसाल, उपासना सिंह ठकुरी, दिव्य देव, बेन बस्नेत लगायतका कलाकारहरूको अभिनय रहेको छ।

त्यस्तैगरी ‘कर्माले’ बीग मुभिजमा ४ शो, एफक्यूबमा ५ शो, आइएनआई लोत्सेमा ३ शो, आइएनआई नयाँ बाँनेश्वरमा ३ शो, बीएसआर मुभिजमा ३ शो पाएको छ।

केही हलमा अझै शो खुल्न बाँकी रहेकोले ‘कर्मा’ले पनि शोहरू सुखद रूपमा पाउनेछन् । देशभर फिल्मले यो समाचार तयार पार्दासम्म ६१ शो पाएको छ।

‘पिताम्बर’लाई एफक्यूबले २७ शो दिएको छ भने बीग मुभिजले ६ शो दिएको छ।

आइएनआई लोत्से मलमा ४ शो, आइएनआई नयाँ बाँनेश्वरमा ४ शो, बीएसआर मुभिजमा ४ शो दिएको छ।

केही हलमा शो खुल्ने क्रम जारी रहेकोले कृषा चौलागाईं निर्देशित फिल्मले अझ उल्लेख्य संख्यामा शो पाउने सम्भावना देखिएको छ।

क्यूएफएक्सको मोफसलतर्फ फिल्मले २२ शो पाएको छ। देशभर हालसम्म फिल्मले ९० शो पाइसकेको छ।

यस फिल्ममा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, प्रमोद अग्रहरी, अनुप विक्रम शाही, दिव्य देव, गौरव बिष्ट, सुरक्षा पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी लगायतका कलाकारहरूको अभिनय छ।

वर्षको अन्तिम रिलिज यी दुबै फिल्मले नेपाली बक्सअफिसलाई गुल्जार बनाउँदै साल २०८१ लाई सुखद् रूपमा अन्त्य गरेको ठानिएको छ।

सम्बन्धित समाचार

सबै