‘अवतार’मा साम्राज्ञीको जोडी ‘होस्टल ३’का रिहान गिरी

0 Shares

अनिल संग्रौलाको निर्देशनमा बन्ने ‘अवतार’ फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाह र ‘होस्टल ३’का रिहान गिरीबीच जोडी बाँधिने भएको छ।

फिल्मको हाल वर्कसप चलिरहेको छ।

वैशाखबाट फ्लोरमा जाने तयारीमा रहेको फिल्मको अन्य कास्ट र क्रूका बारेमा निर्माण पक्षले केही समयपछि जानकारी दिनेछ।

साम्राज्ञीसँग जोडी बाँधिएका रिहान हाल हलमा प्रदर्शन भइरहेको ‘होस्टल ३’मार्फत डेब्यू गरेका हुन्। यसका अलावा उनी ‘द भ्वाइस अफ नेपाल’ सिजन ४ का अन्तिम प्रतिस्पर्धीसमेत हुन्।

नेपाली मूलका भुटानी रिहान गिरी र शाहबीचको पर्दाको रोमान्स रोचक हुने अपेक्षा गर्न सकिन्छ। साम्राज्ञी अभिनीत ‘लन्डन टु पेरिस’ फिल्म यस वर्ष रिलिज भए पनि बक्स अफिसमा फ्लप भएको थियो।

त्यस्तै,साम्राज्ञीले अभिनेता धिरज मगरसँग ‘रुमानी रंग’मा काम गर्ने घोषणा भए पनि औपचारिक कार्यक्रममार्फत सार्वजनिक गरिएको फिल्म फ्लोरमा जान सकेन।

सम्बन्धित समाचार

सबै