0
Shares
राम्रो व्यापार गर्ने अपेक्षा गरिएको प्रकाश सपुत र स्वस्तिमा खड्का स्टारर वसन्तले बक्स अफिसमा आशातीत व्यापार गर्न सकेको छैन।
नेपाली बक्स अफिस रिपोर्टअनुसार, फिल्मले रिलिजको पाँच दिनमा १ करोड १६ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ।
यद्यपि आशातीत व्यापार गर्न नसके पनि वसन्तको यो कमाइलाई सुखद् मान्न सकिन्छ।
दर्शकहरूले फिल्मलाई अलि लामो भएको प्रतिक्रिया दिए पनि यसलाई पूर्ण रूपमा नराम्रो भन्न नसकिने बताइरहेका छन्।
फिल्मले उपत्यका बाहिरका हलहरूमा भने उत्साहजनक व्यापार गरिरहेको छ।