‘नरसिंहाः अवतार’को नयाँ पोस्टरमा राजको अँगालोमा सनिशा

0 Shares

जेठ ९ गतेबाट रिलिज हुन लागेको फिल्म ‘नरसिंहाः अवतार’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ।

सार्वजनिक पोस्टरमा फिल्मका मुख्य नायक राज कटुवाल र नायिका सनिशा भट्टराईलाई स्थान दिइएको छ। पोस्टरले फिल्ममा राज र सनिशालाई जोडीका रूपमा प्रस्तुत गरिएको संकेत गर्छ।

चलचित्र विकास बोर्डका पूर्व सदस्य समेत रहेका राज यो फिल्मबाट उदाउने प्रयासमा छन्। फिल्ममा उनले नायक राजेश हमालसँग पर्दा शेयर गरेका छन्। यो फिल्मका लागि राजले निकै मिहिनेत गरेका छन्। उनले एक्सन सिकेर भूमिका तयार पारेका थिए।

‘१२ गाउँ’को व्यापारबाट उत्साहित सनिषा ‘नरसिंहाः अवतार’मा झनै बुलन्द रूपमा प्रस्तुत हुने तयारीमा छिन्।

दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन, ध्रुव न्यौपाने, र नेम महर्जनको लगानी रहेको छ।

फिल्ममा राजेश हमाल, सरोज खनाल, निर शाह, राज कटुवाल, नीति शाह, सनिशा भट्टराई, प्रशान्त ताम्राकार, उषा खड्गी, रमेश चन्द सोडारी, राजिभ जंग बस्नेत, प्रकाश कुँवर, दीपा शाही लगायतका कलाकारको अभिनय रहेको छ।
पोस्टर राकेश दाहालले तयार पारेका हुन्।

फिल्ममा राजु विक्रम थापाको डीओपी, कविराज गहतराज र माइकल चन्दको कोरियोग्राफी, चन्द्र पन्तको कथा, राजु लामाको एक्सन, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन, शम्भुजित बाँस्कोटा र अर्जुन पोखरेलको संगीत रहेको छ।

करण सिंह प्रोडक्सन डिजाइनर रहेका छन् भने वसन्त अधिकारी एसोसियट निर्देशक हुन्।

फिल्मको फस्टलुक सार्वजनिक भएसँगै चर्चा पाएको यो फिल्मको नयाँ पोस्टरमा नायक राज कटुवाल र नायिका सनिशा भट्टराईलाई स्थान दिइएपछि दर्शकमा थप उत्साह देखिएको छ।

पोस्टरले फिल्म एक्सनसँगै रोमान्टिक जनरामा बनेको संकेत गर्छ।

सम्बन्धित समाचार

सबै