‘जार’को ट्रेलर सार्वजनिक, हेर्नुहोस् यस्तो छ सौगात र अनुपको घम्साघम्सी

0 Shares

चर्चित साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित फिल्म ‘जार’को ट्रेलर सार्वजनिक गरिएको छ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको दुई मिनेट लामो ट्रेलरले फिल्मको कथावस्तु झल्काउँछ।

फिल्म वैशाख २६ गते रिलिज हुँदैछ ।

‘जार’को अर्थ “पोइल गएकी स्त्रीको पहिलो पतिले नयाँचाहिँलाई भन्ने शब्द” हो। अर्थ यसप्रकार भएतापनि फिल्मको कथावस्तु पोइल गइनसकेको तर जाने पक्कापक्की भइसकेको अवस्थाको सेरोफेरोमा घुमेको छ।

‘जार’ कथा इन्द्रबहादुर राईले लेखेका कथाहरूमा सबैभन्दा बढी पढिएको र चर्चित मानिन्छ। झण्डै ६३ वर्षअघि राईले लेखेको यस कथाले राणा शासनकालीन नेपाली समाजको चित्रण गर्छ।

फिल्ममा सौगात मल्ल, अनुपविक्रम शाही र गीताञ्जली थापा केन्द्रीय भूमिकामा छन्।

फूर्वा छिरिङ लामा फिल्मका पटकथा लेखक तथा निर्देशक हुन्।
‘फेरी टेल पिक्चर्स’द्वारा निर्मित यस फिल्ममा नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा कार्यकारी निर्माता रहेका छन्।

‘द लायर्स डाइस ’ बाट भारतको राष्ट्रिय चलचित्र पुरस्कार जितेकी गीताञ्जलीको ‘जार’ नेपाली फिल्ममा डेब्यु हो। उनी भारतीय सिनेमा र वेब सिरिजहरूमा सक्रिय रहँदै आएकी छन्।

सम्बन्धित समाचार

सबै