बुसान एसियन चलचित्र विध्यालयको छात्रवृत्तिमा परे नेपाली युवा निर्देशक

0 Shares

विश्वकै प्रख्यात फिल्म विद्यालय बुसान एसियन फिल्म स्कूलमा नेपालबाट युवा निर्देशक जेसन लोप्चन छानिएका छन्।

बुसान फिल्म स्कूलले एसिया क्षेत्रका मुलुकहरूबाट मात्र १८ जना युवा फिल्मकर्मीहरूलाई छात्रवृत्तिमा छान्ने गर्छ। यी छानिएका १८ जनाले बुसान, कोरियामा बसेर अन्तर्राष्ट्रिय निर्माताहरूसँग मिलेर आफ्ना फिल्मको तयारी गर्छन्।

हालै नेपालमा पहिलोपटक आइफोन प्रयोग गरेर फिल्म बनाएका लेखक तथा निर्देशक जेसन लोप्चन अहिले कोरियाको बुसानमा छन्।

उनी बुसान एसियन फिल्म स्कूलमा ८ महिना बसेर अन्तर्राष्ट्रिय निर्माताहरू सँग सहकार्यमा आफ्नो दोस्रो फिल्मको तयारी गर्नेछन्।

फिल्मको पटकथा र सम्पूर्ण निर्माण कार्य बुसानमै गरिनेछ भने छायांकन भने सन् २०२६ मा नेपालमै गरिने निर्देशक लोप्चनले बताएका छन्।

उनको पहिलो फिल्म A Place Under the Sun हाल एमएसएम भिडियोमा उपलब्ध छ भने उनले यसअघि मेयर बालेन शाहको “मार्फाको मदिरा” गीतको भिडियो पनि निर्देशन गरेका थिए।

सम्बन्धित समाचार

सबै