0
Shares

साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत सेमिफाइनलमा नेपालले भारतलाई हराउँदै फाइनलमा स्थान बनाएको छ। आइतबार, दशरथ रंगाशालामा भएको सेमिफाइनल खेलमा नेपालले पेनाल्टी शुटआउटमा भारतलाई पराजित गर्यो।
खेल दुई पटक विवादका कारण रोकिएर एक-एकको बराबरीमा समाप्त भएको थियो। पेनाल्टी शुटआउटमा नेपालले चार गोल गर्न सफल भएको छ भने भारतले दुई गोल मात्र गर्न सक्यो। अब नेपाल बुधबार फाइनलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ।
नेपाल र भारतबीचको यो सेमिफाइनलमा दोस्रो पटक प्रतिस्पर्धा भएको हो। सन् २०२२ मा पनि दशरथ रंगशालामा भएको सेमिफाइनलमा नेपालले भारतलाई हराएको थियो, तर त्यसपश्चात नेपाल फाइनलमा बंगलादेशसँग पराजित भएको थियो।
यसअघि भएको पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानलाई ७-१ को स्पष्ट अन्तरले हराउँदै दोस्रो पटक फाइनलमा प्रवेश गरेको छ।