‘पुष्पलता’को घोषणा, भदौबाट फ्लोरमा

0 Shares

 नयाँ वर्ष २०८२ को पहिलो दिन, नयाँ वर्षको शुभारम्भसँगै एक नयाँ फिल्मको घोषणा गरिएको छ। ॐ वायुपुत्र फिल्म्स प्रोडक्सनको ब्यानरमा ‘पुष्पलता’ नामक फिल्म बन्ने औपचारिक घोषणा गरिएको हो।

सुनील निउरेको लेखन तथा निर्देशनमा बन्ने यो फिल्म लभ स्टोरी जनरामा आधारित हुनेछ।

फिल्ममा काम गर्ने प्रमुख पात्र को–को हुन् भन्ने कुरा हाल निर्माण टिमले खुलाएको छैन। पछिल्ला समयहरूमा बनिरहेका प्रेमकथाहरूभन्दा फरक ढंगको प्रेमकथामा आधारित फिल्म ‘पुष्पलता’ बन्ने निर्देशक निउरेले बताएका छन्।

थुप्रै फिल्ममा सहायक निर्देशक तथा लेखकको रूपमा काम गरिसकेका निउरेको लागि यो ठूलो पर्दामा डेब्यु फिल्म हुनेछ।

फिल्मका दुईवटा थिम पोस्टरसमेत सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरहरूले पनि फिल्म प्रेमकथामा आधारित हुने संकेत दिएका छन्।

फिल्मका कास्टिङ डाइरेक्टर सञ्जोग रसाइली रहेका छन्। फिल्ममा हर्क साउदको शब्द, शुशान्त गौतम, प्रशान्त शिवाकोटी, र जयन जे वाइवाको संगीत रहनेछ। प्रोडक्सन डिजाइनर प्रकाश हमाल रहेका छन्।

लभ स्टोरी र पारिवारिक कथामा आधारित यो फिल्मको छायांकन आगामी भदौमा सुरु गर्ने तयारी छ। ड्रेस डिजाइनर बोनिका कार्की र रीत खड्का रहेका छन् भने अन्य प्राविधिक टिम र कलाकारहरूको जानकारी पछि सार्वजनिक गरिने ॐ वायुपुत्र फिल्म्स प्रोडक्सनले जनाएको छ।

सम्बन्धित समाचार

सबै