हल ढल्किए ‘पिताम्बर’तीर, पायो १ सय ८५ बढि शो

0 Shares

 शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘पिताम्बर’ ले हलमा प्रभावशाली वर्चस्व जमाएको छ।

ओपनिङदेखि नै उत्साहजनक व्यापार गरिरहेको ‘पिताम्बर’ ले प्रदर्शनको चौथो दिन, अर्थात् सोमबार पनि उच्च सो र अकुपेन्सीसहित सफल यात्रा तय गरिरहेको छ।

नयाँ वर्ष २०८२ का दिन देशभर १८५ भन्दा बढी शोका साथ प्रदर्शन भइरहेको फिल्मले अधिकांश हलहरूमा ८० प्रतिशतभन्दा बढी अकुपेन्सी कायम राख्दै दर्शकको माया पाइरहेको छ।

फिल्मप्रति दर्शकको प्रतिक्रिया सकारात्मक भएकाले सोमबारका लागि हलहरूले शो संख्या बढाएका छन्।

दह्रो प्रचार शैली, स्टार कलाकारहरूको बलियो उपस्थिति र दर्शकको सकारात्मक प्रतिक्रिया सहित निर्देशक कृषा चौलागाईं निर्देशित फिल्म ‘पिताम्बर’ ले नयाँ वर्ष २०८२ को सुरुवातसँगै नेपाली फिल्म बजारलाई सक्रिय बनाएको छ।

फिल्मले प्रशंसा पाइरहँदा कलाकारहरू पनि उत्साहित देखिएका छन्। फिल्म हेर्न हल पुगेका दर्शकहरूको भीडलाई सम्बोधन गर्दै सौगात मल्लले भने, “यो दर्शकहरूको माया हो। दर्शकको माया पाउँदा निकै उत्साहित छु।”

उनी मात्र होइन, प्रदीप खड्का, अनुप विक्रम शाही, दिव्या रायमाझी, र निर्देशक कृषा चौलागाईं स्वयं पनि दर्शकको मायाले उत्साहित र खुसी देखिएका छन्।

एक्सन जनरामा आफूलाई प्रमाणित गरेसँगै निर्देशक चौलागाईंको फिल्मले बजारमा विशेष चर्चा पाएको छ भने सौगात मल्लको एक्सन अभिनयको पनि व्यापक सराहना भइरहेको छ।

केपी फिल्म्स र पुरुषोत्तम प्रधान फिल्म्सको ब्यानरमा निर्माण भएको यस फिल्ममा प्रदीप खड्का, सौगात मल्ल, आर्यन सिग्देल, अनुप विक्रम शाही, दयाहाङ राई, सुरक्षा पन्त, गौरी मल्ल, रवीन्द्र झा, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट र दिव्या रायमाझीलगायत कलाकारहरूको अभिनय रहेको छ।

सम्बन्धित समाचार

सबै