‘मोहर’ टिमले बनाउने भयो अर्को फिल्म, नाम राख्यो ‘ढुकढुकी’

0 Shares

फिल्म ‘मोहर’ निर्माण गरेको टिमले नयाँ फिल्म निर्माणको घोषणा गरेको छ।

नयाँ वर्ष २०८२ को पहिलो दिनमा फिल्म ‘ढुकढुकी’ निर्माणको घोषणा गरिएको हो।

ओम प्रतिकको लेखन र निर्देशनमा तयार हुन लागेको यो फिल्मलाई फिल्ममेकर प्रा. लि. को प्रस्तुतिमा तयार गरिनेछ। फिल्ममा चुम्बन जंग शाही निर्माताको रुपमा छन्।

यस फिल्मको छायांकन तिहार पछि सुरु हुने जानकारी दिइएको छ। फिल्मका लागि अहिलेसम्म कुनै कलाकारहरू फाइनल गरिएको छैन।

यसअघि फिल्म ‘ढुकढुकी’ विनोद मानन्धरले निर्माण गरेका थिए। यस फिल्मको पटकथा र संवाद ओम प्रतिकले लेखेका थिए। अब, ओम प्रतिक आफैं ‘ढुकढुकी’ नाममा फिल्म बनाउन अगाडि सरेका छन्।

ओम प्रतिकको निर्देशनमा र चुम्बन जंग शाहीको निर्माणमा तयार भइरहेको फिल्म ‘मोहर’ साउनको २३ गतेबाट रिलिजमा आउने तयारीमा छ। यो फिल्मको रिलिजपछि फिल्म **‘ढुकढुकी’**को छायांकनको काम अगाडि बढाउने निर्माण पक्षले बताएको छ।

सम्बन्धित समाचार

सबै